०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के कारबाही हुन्छत ?

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख १५, २०८१

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बूलाई कसुरको मात्रा हेरेर कारबाही हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रास्वपा उम्मेदवार लिम्बूले आज (शनिबार) भइरहेको उपनिर्वाचन मतदान क्रममा पार्टीको निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेका थिए ।

लिम्बूले मतदान गरेको स्थान माङसेबुङ(२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए ।

निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लिम्बूलाई जिल्ला निर्वाचन कार्यालयले सिफारिस गरेबमाेजिम कारबाही हुने बताए । उनले भने, ‘आचारसंहिताको उल्लङ्घन गर्नेलाई कसुरको मात्र हेरी कारबाही हुन्छ । आचारसंहिता उल्लङ्घनबारे कसुर अनुसार कारबाही हुने भनी लेखिएको छ ।’

थपलियाका अनुसार मतदान सकिएपछि, नतिजा सार्वजनिक भएपछि या विजयी भइसकेपछि पनि जिल्लाको सिफारिसबमोजिम निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही हुनेछ ।

यता जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति इलामले लिम्बूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहे पनि शिक्षाका नाममा ठूलो रकम विदेशिने क्रम बढ्दो देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांकअनुसार शिक्षातर्फको व्यय रु ४२ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय रु ३२ अर्ब २२ करोड रहेको थियो। […]

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]