०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के कारबाही हुन्छत ?

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख १५, २०८१

इलाम – इलाम-२ मा भइरहेको उपनिर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार मिलन लिम्बूलाई कसुरको मात्रा हेरेर कारबाही हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

रास्वपा उम्मेदवार लिम्बूले आज (शनिबार) भइरहेको उपनिर्वाचन मतदान क्रममा पार्टीको निर्वाचन चिह्न अंकित घण्टीको लोगो भएको ब्याच लगाएर मतदान गरेका थिए ।

लिम्बूले मतदान गरेको स्थान माङसेबुङ(२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए ।

निर्वाचन आंचारहिताको १८ नम्बर बुँदाको ‘क’ मा राजनीति दल र उम्मेदवार प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन र ब्याच लगाउन नहुने स्पष्ट लेखिएको छ ।

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लिम्बूलाई जिल्ला निर्वाचन कार्यालयले सिफारिस गरेबमाेजिम कारबाही हुने बताए । उनले भने, ‘आचारसंहिताको उल्लङ्घन गर्नेलाई कसुरको मात्र हेरी कारबाही हुन्छ । आचारसंहिता उल्लङ्घनबारे कसुर अनुसार कारबाही हुने भनी लेखिएको छ ।’

थपलियाका अनुसार मतदान सकिएपछि, नतिजा सार्वजनिक भएपछि या विजयी भइसकेपछि पनि जिल्लाको सिफारिसबमोजिम निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही हुनेछ ।

यता जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति इलामले लिम्बूलाई स्पष्टीकरण सोधिसकेको जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]