२१ मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

सुर्खेतको बुलबुले तालमा अवदेखि मोटरबोट सररर चल्ने

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख १५, २०८१

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु भएको छ। बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो।

कम्पनीका अनुसार रु एक करोड लगानीमा मोटरबोट सेवा उपलब्ध गराइएको हो। सरसफाइ अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गर्न लागिएको कम्पनीले जनाएको छ।

‘फोहोर र जलकुम्भीले ताल भरिएको थियो, तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको थियो’, बोटेबोरा कम्पनीका सञ्चालक बिबि ढकालले भने, ‘हामीले आफ्ने लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गरेका हौँ।’

कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।

तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ।

कम्पनीले यसअघि नेपालगन्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट, सर्लाहीको भरतताल र पृथ्वी राजमार्गमा रहेको तल्लो मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालन गर्दै आएको छ। कम्पनीले छिट्टै लमजुङको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा पनि मोटरबोट सञ्चालनमा ल्याउने योजना बनाएको सञ्चालक ढकालले जानकारी दिए।

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालमा पानीको सतह कम भएपछि केही माथिपट्टी रहेको दसधाराबाट रातिको समयमा पानी ल्याउने तयारी भइरहेको बताए। त्यसका लागि नगरपालिकाले चार इन्चको एक सय ५० मिटर पाइप उपलब्ध गराउने विषयमा सहमति भइसकेको उनको भनाइ छ। ‘अहिले ताल सरसफाइ चलिरहेकै छ, टिकट काउन्टर पनि बनाउनुपर्नेछ’, उनले भने।

कम्पनीका अनुसार बुलबुले तालमा मोटरबोट चड्न रु दुई सय ५० तिर्नुपर्नेछ। उद्घाटन अवसरमा एक महिनाका लागि रु दुई सय निर्धारण गरिएको छ। उक्त शुल्कमा बुलबुले ताल चारपटक परिक्रमा गर्न पाइनेछ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]