०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

आन्दोलित शिक्षकलाई सर्वसाधारणको प्रश्न, ‘आफ्ना छोराछोरीलाई निजी स्कूलमा किन पढाएको..?

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

सरकारले ल्याएको शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै यतिबेला देशैभरका शिक्षकहरू आन्दोलनमा छन्। सङ्घीय राजधानी काठमाडौँमा बुधवारदेखि आन्दोलनमा उत्रेका शिक्षकहरूको आन्दोलनलाई कतिपयले जायज भन्दैछन् भने कतिपयले नाजायज भन्दैछन्।

सामाजिक सञ्जालमा नागरिक न्युजले सेयर गरेकाे सडकमा शिक्षकको ‘हठ प्रदर्शन’ नामक शिर्षकको समाचारमा पाठकहरूले विभिन्न प्रतिक्रया दिएका छन्। जसमध्ये केही प्रतिक्रियालाई नागरिक न्युजले समेटेको छः

नवराज दाहाल लेख्छन्ः शिक्षा ऐन र विधेयकमा के के छ थाहा भएन। अनि शिक्षक आन्दोलनको माग के के हुन् त्यो पनि सामाजिक सञ्जालबाट अलिअलि थाहा भयो। २० वर्ष अगाडी हामी आफँ पढेको स्कुलमा विद्यार्थी सङ्ख्या लगभग १००० थियोे। तर, आज सोही स्कुलमा २०० हाराहारीमा विद्यार्थी छन्। किन? नेपालको जनसङ्ख्या घटेर हो? सङ्ख्या मात्रै होइन शिक्षाको गुणस्तर किन घटिराखेको छ? अभिभावकलाई सामुदायिक स्कुलप्रति विश्वास दिलाउन किन नसकेको? केही उदाहरण १/२ वटा बाहेक निजी स्कुलसँग प्रतिस्पर्धा गर्न किन न सकेको? आफ्नो छोराछोरीलाई निजी स्कुल किन पढाएको? समय अनुसार आफ्नो क्षमता किन न बढाएको? निस्ठावान पेशा हो भने पार्टीको झन्डा किन बोकेको? उत्तर छ? पक्कै छैन? अनि सबै दोशजति सरकारमाथि थुपारेर आफूचाही पानीमाथिको ओभानु? आफ्नो रोटी मात्रै सेक्ने? अधिकार माग्दै गर्दा कर्तव्य बिर्सनु? यस्तै अवस्था रहिरहे केही वर्षमा सामुदायिक स्कुल मर्ज गरेर शिक्षकको सङ्ख्या घटाउनु पर्छ र गुणस्तर बढाउनुपर्छ।

दाहालको भनाइमा आशिष पौडेल प्रक्रिया दिँदै लेख्छन्ः ग्रामिण भेगका विद्यालयहरू पूर्वाधार हुँदाहुँदै पनि विद्यार्थी सङ्ख्या न्यून तथा खाली हुनुको प्रमुख कारण भनेको त्यहाँको सामाजिक अवस्था हो।

१. विद्यार्थीका अभिभावकको रोजगारी गाऊँमा नहुनु।

२. गाऊँमा खेती किसानी गरेर मात्रै न्यूनतम आवश्यकताको जोहो गर्न गाह्रो हुनु र पैसाको लागि विदेश तथा सहरी क्षेत्रमा जानुपर्ने बाध्यताले।

३. जहाँ सुविधासम्पन्न विद्यालय छन् त्यस ठाउँको विद्यार्थीहरु कम हुनु र अन्य क्षेत्रबाट आउजाउमा दुरी टाढा पर्नु।

४. ग्रामिण भेग भएको कारणले गर्दा दक्ष तथा अब्बल शिक्षकहरूको उपलब्धता नहुनु।

यिनै कारणहरूले गर्दा फलस्वरूप पूर्वाधार हुँदाहुँदै पनि विद्यार्थी अभाव झेल्न पुगेका छन्।

यसैगरी अर्का पाठक शिव अधिकारी लेख्छन्ः शिक्षकहरू आफ्नो काममा नै छन्। हिजो अस्ति विद्यार्थी पढाउन कक्षाकोठामा जाने शिक्षकहरू अहिले सरकारलाई पढाउन सडकमा छन्।

जित डाँगी लेख्छन्ः लोक सेवा पास गरेको घमण्ड मात्र हो। यिनिहरूले जस्तो सेवा सुविधा खोजेर आर्मी पुलस ड्यिुटी छोडेर सडकमा आए के हुन्छ? यिनिहरूको छोराछोरी सबै सुविधासम्पन्न बोर्डिङमा छन्। १२ मिहने सालमा १३ महिनाको तलब खान्छन्। सरदर मिलाउदा ४/५ महिना छुटि पाउँछन। आन्दोलनमा आउने जति सबैलाइ बर्खास्त गरेर नयाँ पुस्ता यानिकी बिचरा आफ्नो ट्यालेन्ट मजबुरिले ५/७ हजारमा बोर्डिङ स्कुलमा समय बिताउँदै छन्। तिनीहरूलाई न्याय दे, तिनीहरूलाइ नै चान्स दे सरकार

प्रकाश ओझा लेख्छन्ः स्थानीय सरकारको अधिनमा आउँदा राम्रो लागेन रे! पहिला जिल्ला जानु पर्थो त्यो टाढा भयो भनेर क्षेत्रिय बनाए। त्यो पनि टाढा भयो भनेर स्थानीय बनाए। सबै कुरा घर पायक चाहिने तर नगरपालिकाको अधिनमा बस्न किन नचाहेका होलान?

राजेन्द्र काफ्ले लेख्छन्ः राजनीति गर्न नपाउने भएपछिको रोईलो। जनताको करबाट तलब खाएर जनताका छोराछोरीको भविश्य बिगार्ने छुट छ कानुनमा।

विनोद इलाम लेख्छन्ःशिक्षकहरू विद्यालय बन्द गरेर आन्दोलनमा। उनीहरूको सन्तान निजी विद्यालयमा। अरुका बच्चाहरूले पढ्न पाउनु पर्छ की पर्दैन? आन्दोलनमा बुल्डोजर चलाउने शासक चाहिएको छ नेपालमा।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]