०६ साउन २०८३, बुधबार
22-07-2026 , Wed
×

उपनिर्वाचनको दिन मतदान केन्द्रसम्म सार्वजनिक गाडी लिन सक्ने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं ।  निर्वाचन आयोगले शनिबार हुने इलाम र बझाङको उपनिर्वाचनको मतदानको दिन चलाउन पाइने सवारी साधन बारे जानकारी दिएको छ ।

इलाम-२ को प्रतिनिधिसभा र बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १(क) मा सम्पन्न हुने उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकिएको छ ।

मतदानको दिन चलाउन पाइने सवारी साधन :
(क) बिरामी बोकेको एम्बुलेन्स,
(ख) खानेपानीको ट्याङ्कर,
(ग) दुध बोक्ने सवारी साधन,
(घ) दमकल,
(ङ) सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचिकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
(च) दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,
(छ) शव वाहन,
(ज) अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,
(झ) निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,
(ञ) फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,
(ट) तरकारी, फलफूल तथा विद्युत् सेवाका लागि प्रयोग हुने सवारी साधन,
(ठ) कूटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,
(ड) विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,
(ढ) सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,
(ण) आफू खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।

साथै आयोगले सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउन समेत निर्देशन दिएको छ ।

उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तिन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये १ (एक) वटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ ।

त्यस्तै सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने र मतदानको दिन कसैले यो निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपश्चात् मात्र फिर्ता दिने व्यवस्था गर्न समेत आयोगले निर्देशन दिएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]