२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन

Logo
हिरोनेपाल प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । भोलि गत उपनिर्वाचनको मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग मापदण्ड तयार गरी तोकिएको भन्दाबाहेक सवारीसाधन चल्न नदिने भएको छ।

वैशाख १५ गते शनिबार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा निर्वाचन हुँदैछ।

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगको मिति २०८१ वैशाख १० गतेको निर्णयबाट सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिइसकिएको आयोगले जनाएको छ।

यी हुन् उपनिर्वाचनको दिन पनि नरोकिने सवारी साधन

बिरामी बोकेको एम्बुलेन्स,
खानेपानीको ट्याङ्कर,
दुध बोक्ने सवारी साधन,
दमकल,
सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचिकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,
शव वाहन,
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,
निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,
फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,
तरकारी, फलफुल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,
कुटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा वहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,
विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,
सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,
आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।

२ सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने।

३ उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तिन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये १ एकवटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने ब्यवस्था मिलाउने।

४ सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने।

५ मतदानको दिन कसैले यो निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपश्चात मात्र फिर्ता दिने व्यवस्था गर्ने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ। जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अनुसन्धानपछि आयोगले बुधबार सार्वजनिक गरेको सिफारिस प्रतिवेदनमा उक्त निष्कर्ष उल्लेख गरिएको हो। प्रतिवेदनमा भनिएको छ, “अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा भदौ २३ […]