०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन

Logo
हिरोनेपाल प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । भोलि गत उपनिर्वाचनको मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्वाचन आयोग मापदण्ड तयार गरी तोकिएको भन्दाबाहेक सवारीसाधन चल्न नदिने भएको छ।

वैशाख १५ गते शनिबार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङ जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र नं १ (१) मा निर्वाचन हुँदैछ।

उपनिर्वाचनमा स्वच्छता, निष्पक्षता तथा पारदर्शितामा असर नपर्ने गरी सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि आयोगको मिति २०८१ वैशाख १० गतेको निर्णयबाट सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न निर्देशन दिइसकिएको आयोगले जनाएको छ।

यी हुन् उपनिर्वाचनको दिन पनि नरोकिने सवारी साधन

बिरामी बोकेको एम्बुलेन्स,
खानेपानीको ट्याङ्कर,
दुध बोक्ने सवारी साधन,
दमकल,
सूचना तथा प्रसारण विभाग वा प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय वा प्रदेश सरकार मातहतको सञ्चार प्राधिकरण वा अन्य त्यस्तै सूचिकृत भई सञ्चालनमा रहेका सम्बन्धित सञ्चारगृहबाट जारी गरिएका परिचयपत्र वाहक सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन,
दुरसञ्चार तथा केवल सेवाका लागि प्रयोग हुने सवारी साधन,
शव वाहन,
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको आवागमनका लागि प्रयोग हुने सवारी साधन,
निर्वाचन आयोगबाट जारी परिचयपत्र वाहक पर्यवेक्षक, अनुगमनकर्ताले प्रयोग गर्ने सवारी साधन,
फोहोर मैला ओसारपसार गर्ने सवारीसाधन,
तरकारी, फलफुल तथा विद्युत सेवाका लागि प्रयोग हुने सवारी साधन,
कुटनीतिक नियोग, युएन एजेन्सी तथा द्विपक्षीय तथा वहुपक्षीय विकास साझेदार संस्थाहरूमा कार्यरत पदाधिकारी तथा कर्मचारीले प्रयोग गर्ने निलो नम्बर प्लेट भएको सवारी साधन,
विदेशी पर्यटक मात्र बोकेको हरियो नम्बर प्लेट भएको सवारी साधन,
सुरक्षाकर्मीले प्रयोग गर्ने सुरक्षा निकायको सवारी साधन,
आफु खटिएको मतदान केन्द्रसम्म जान र मतदान केन्द्रबाट फर्किनको लागि मतदान कार्यमा खटिने कर्मचारी तथा स्वयंसेवकले प्रयोग गर्ने सवारी साधन ।

२ सम्बन्धित क्षेत्रका मतदातालाई मतदान केन्द्रसम्म सहज आवागमनको लागि आवश्यकता र औचित्य हेरी मतदानको दिन सार्वजनिक यातायातको उपयुक्त प्रबन्ध मिलाउने।

३ उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि एक जनाले मतदानको दिन चार पाङ्ग्रे, तिन पाङ्ग्रे वा दुई पाङ्ग्रे मध्ये १ एकवटा सवारीसाधन मात्र अनुमति लिएर प्रयोग गर्न सक्ने ब्यवस्था मिलाउने।

४ सम्बन्धित जिल्लासँग जोडिएका राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सार्वजनिक यातायातका साधनहरूको आवागमनको उपयुक्त व्यवस्था मिलाउने।

५ मतदानको दिन कसैले यो निर्देशन विपरीत सवारी साधन प्रयोग गरेको पाइएमा सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारी साधन कब्जामा लिई मतदानको काम सम्पन्न भएपश्चात मात्र फिर्ता दिने व्यवस्था गर्ने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

क्वालालम्पुर (मलेसिया) – नेपालमा हर्कराज साम्पाङ राईको नेतृत्वमा स्थापित श्रम संस्कृति पार्टीको प्रवास संगठन मलेसियामा पनि औपचारिक रूपमा गठन गरिएको छ। आइतबार राजधानी क्वालालम्पुरमा “देश सोच्न सकूँ, म देश बोल्न सकूँ, देशकै कर्म गर्न सकूँ, म देशकै लागि मर्न सकूँ” भन्ने मूल नारासहित आयोजना गरिएको श्रमदाता–श्रमिक भेला मार्फत पार्टीको मलेसिया प्रवास संगठन स्थापना गरिएको हो। […]

काठमाडौँ – नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मंगलबार मतदान हुँदैछ। एमाले केन्द्रीय निर्वाचन आयोगले दिउँसो १ बजेदेखि बेलुका ७ बजेसम्म मतदान समय तोकेको छ। मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने तयारी गरिएको छ। महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर […]

काठमाडौँ – नेपालको संविधानले मिश्रित निर्वाचन प्रणाली अङ्गीकार गरेको छ। कूल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुने व्यवस्था छ। निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। उक्त निर्वाचनमा मतदाताले प्रत्यक्ष र समानुपातिक गरी दुईवटा मतपत्रमार्फत मतदान गर्नेछन्। सामान्यतः निर्वाचनमा सहभागी हुने […]