२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

काठमाडौँ फेरि विश्वको ‘नम्बर वान’ प्रदूषित सहर

Logo
हिरोनेपाल प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

काठमाडौँ । राजधानी काठमाडौँ फेरि विश्वको नम्बर वान प्रदूषित सहरमा सूचीकृत भएको छ।

एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा काठमाडौँ उपत्यका पहिलो नम्बरमा छ।

आज (शुक्रबार) काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २०६ छ।

विश्वकै प्रदूषित दोस्रो सहरको सूचीमा पाकिस्तानको लाहोर छ भने तेस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ। लाहोरको एक्यूआई आज १८१ छ भने दिल्लीको १७० छ।

यसअघि गएको चैत २७ गते पनि काठमाडौँ उपत्यकाका वायु प्रदूषणको दृष्टिले विश्वको नम्बर वान सहर बनेको थियो। त्यतिबेला काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) दुई सय पुगेको थियो।

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ।

१०१ देखि १५० सम्मको एक्यूआईले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्ने विज्ञहरुले बताएका छन्। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर वायुको रुपमा लिइन्छ।

त्यसैगरी २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा वायू मानिन्छ।

काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ।

काठाडमौँ उपत्यकामा वायू प्रदूषण मानव जीवनका लागि ठूलो समस्या बन्दै गएको छ।

हेर्नुहाेस् विश्वकाे प्रमुख १५ प्रदूषित सहरकाे सूची

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]