०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

नेप्से ४४ अंकले बढ्यो, कारोबार रकममा पनि उच्च वृद्धि, जलविद्युत र वित्त समूहमा उछाल

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, आश्विन ०४, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ अंकमा उक्लिएको हो ।

परिसूचकसँगै कारोबार रकम पनि उल्लेख्य ढंगले बढेको छ । आज २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार ३०९ कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख २१ हजार रुपैयाँबराबरमा किनबेच भएको छ ।

कारोबार रकम सोमबारको तुलनामा झन्डै तीन गुणा हो । सोमबार १ अर्ब १४ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

आइतबारदेखि बजार लगातार उकालो लागिरहेको छ । आइतबार ४.२६ अंकले बढेको बजार सोमबार १६.२४ अंकले उकालो लागेको थियो ।

आजको कारोबारमा जलविद्युत् र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । जलविद्युत् समूहको उपसूचक ५.३१ प्रतिशतले बढेको छ भने वित्त समूहको उपसूचक ४.३८ प्रतिशतले बढेको छ ।

आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेसनल हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै २० करोड १८ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने हिमाल दोलखा हाइड्रोपावरको सात लाख २९ हजार २३२ कित्ता सेयर किनबेच भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]