०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, बैशाख १३, २०८१

रौतहट । जिल्ला अदालत रौतहटले जिल्लाको राजपुरमा भएको बमकाण्डका मुख्य आरोपी मोहम्मद अफताब आलमसहित चार जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

गत २०६४ चैत २७ गते संविधानसभा निर्वाचनका बेला आलमका काका शेष इद्रिसिको गोठमा विस्फोट भएको थियो । सोही विस्फोटका घाइते तथा मृतकलाई इँटाभट्टामा लगेर जलाएको आरोपमा २०७६ असोज २६ गते आलम पक्राउ परेका थिए ।

उनीमाथि २०७६ कात्तिक १८ गते जिल्ला अदालत रौतहटमा विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो ।

थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले उनीसहित बद्री सहनी, सेख सराजलगायत ४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]