०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

उनी अश्लील सामाग्री शेयर गरेर हैरान बनाउने व्यक्ति हुन्, उनकाे भिडियाेमा सत्यता छैन :नेपाल प्रहरी

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, बैशाख १३, २०८१

नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एक युवाले हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफूलाई तनाव दिएको भन्दै आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ।

काठमाडौँको कीर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंह ठकुरीले पाेस्ट गरेको सो भिडियोप्रति साइबर ब्युरोले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

ब्युरोले फेसबुकमा अश्लिल सामग्री प्रकाशन गरेको विषयमा ब्युरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोही क्रममा उनले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुनासाथ उनलाई वीर अस्पताल लागिएको बताएको छ।

साथै साइबर ब्युरोले अनुसन्धानमा बाधा पुर्याउन उनले फेसबुकमा गलत भिडियो बनाएर पोष्ट गरेको र सो भिडियोमा उल्लेख गरिएका विषयमा कुनै सत्यता नभएको बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]