०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

फूलाई प्रतिबन्ध लगाउने अमेरिकी कानुनविरुद्ध अदालत जाने टिकटककाे चेतावनी

Logo
एजेन्सी प्रकाशित बिहिबार, बैशाख १३, २०८१

अमेरिकाले आफूलाई प्रतिबन्ध लगाउने कानुन ल्याएपछि टिकटकले यसलाई ‘असंवैधानिक कानुन’ भन्दै यसविरुद्ध अदालत जाने चेतावनी दिएको छ।

अमेरिका राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिने विधेयकमा हस्ताक्षर गरेका छन्।

टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण अमेरिकाले उक्त कानुन ल्याएको हो। तर, चिनियाँ कम्पनीले यस आरोपलाई सधैँ अस्वीकार गरिरहेको छ।

टिकटकका मालिक सु जि चुले भने, ‘हामी विश्वस्त छौं र अदालतमा हाम्रो अधिकारको लागि लडाइरहनेछौँ।’

उनले थपे, ‘तथ्य र संविधान हाम्रो पक्षमा छ, ढुक्क हुनुहोस् हामी कतै जाँदैनौँ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]