२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

एमाले सुदुरपश्चिम सम्पर्क कमिटीले गर्याे विभागहरु गठन संगै जिम्मेवारी बांडफांड

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, बैशाख १३, २०८१

काठमाडाैँ  ।   नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । कमिटीका अध्यक्ष सुरज खत्री को अध्यक्षतामा बसेको बैठकको, प्रमुख अतिथीमा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको ईन्चार्ज तथा,पार्टी केन्द्रिय कमिटी सदस्य कल्पना थापा रहनु भएको थियो ।

तेस्तै अतिथीकाे रूपमा संपर्क समन्वय को सचिवालय सदस्य जानुका कुंवर रहनुभएको थियाे भने बैठकाे सन्चालन, कमिटीका सचिव खगेन्द्र साउदले गर्नुभएको थियो । बैठकले विभिन्न विभागहरु गठन गर्नुका साथै जिम्मेवारी समेत बांडफांड गर्दै १३ जनालाई मनोनयन गरेको छ ।

बैठकले पार्टी स्कुल विभाग संयोजकमा कमिटीका उपाध्यक्ष वीर बहादुर धामी र संगठन विभाग संयोजकमा कमिटीका सचिव खगेन्द्र साउद लाई जिम्मा दिएको छ । त्यसैगरी प्रचार तथा प्रकाशन विभागमा रुपेश साउद, महिला विभागमा सत्य कुँवर, आर्थिक विभागमा दीपेन्द्र खत्री, शिक्षा तथा स्वास्थ्य विभागमा नरेश धमेना, युवा तथा खेलकुद विभागमा गणेश ओड, सामाजिक तथा सहकारी विभागमा पार्वती कठायत र सांस्कृतिक विभागमा कुशुम भन्डारीलाई संयोजकको जिम्मा दिईएको छ ।

बैठकले दीपेन्द्र खत्री, तेज बहादुर खड्का, गणेश ओड, कुशुम भन्डारी, राम बहादुर विष्ट, राजेश्वरी रावल, रत्ना साउद, हेमराज खड्का, सन्तोष सिं ठगुन्ना, डबल बोहोरा, सुदर्शन क्षेत्री लाई सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको सदस्यमा मनोनीत गरेको कुरा प्रचार तथा प्रकाशन विभाग प्रमुख रुपेश साउद ले हिरोनेपाल लाई बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]