०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

एमाले सुदुरपश्चिम सम्पर्क कमिटीले गर्याे विभागहरु गठन संगै जिम्मेवारी बांडफांड

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, बैशाख १३, २०८१

काठमाडाैँ  ।   नेकपा(एमाले) सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । कमिटीका अध्यक्ष सुरज खत्री को अध्यक्षतामा बसेको बैठकको, प्रमुख अतिथीमा सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको ईन्चार्ज तथा,पार्टी केन्द्रिय कमिटी सदस्य कल्पना थापा रहनु भएको थियो ।

तेस्तै अतिथीकाे रूपमा संपर्क समन्वय को सचिवालय सदस्य जानुका कुंवर रहनुभएको थियाे भने बैठकाे सन्चालन, कमिटीका सचिव खगेन्द्र साउदले गर्नुभएको थियो । बैठकले विभिन्न विभागहरु गठन गर्नुका साथै जिम्मेवारी समेत बांडफांड गर्दै १३ जनालाई मनोनयन गरेको छ ।

बैठकले पार्टी स्कुल विभाग संयोजकमा कमिटीका उपाध्यक्ष वीर बहादुर धामी र संगठन विभाग संयोजकमा कमिटीका सचिव खगेन्द्र साउद लाई जिम्मा दिएको छ । त्यसैगरी प्रचार तथा प्रकाशन विभागमा रुपेश साउद, महिला विभागमा सत्य कुँवर, आर्थिक विभागमा दीपेन्द्र खत्री, शिक्षा तथा स्वास्थ्य विभागमा नरेश धमेना, युवा तथा खेलकुद विभागमा गणेश ओड, सामाजिक तथा सहकारी विभागमा पार्वती कठायत र सांस्कृतिक विभागमा कुशुम भन्डारीलाई संयोजकको जिम्मा दिईएको छ ।

बैठकले दीपेन्द्र खत्री, तेज बहादुर खड्का, गणेश ओड, कुशुम भन्डारी, राम बहादुर विष्ट, राजेश्वरी रावल, रत्ना साउद, हेमराज खड्का, सन्तोष सिं ठगुन्ना, डबल बोहोरा, सुदर्शन क्षेत्री लाई सुदुरपश्चिम प्रदेश सम्पर्क कमिटीको सदस्यमा मनोनीत गरेको कुरा प्रचार तथा प्रकाशन विभाग प्रमुख रुपेश साउद ले हिरोनेपाल लाई बताउनु भयाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]