०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सम्झौता र ६ वटा समझदारी

Logo
HeroNepal-tv प्रकाशित बुधबार, बैशाख १२, २०८१

काठमाडौं । कतारका अमिर शेखर तमिम विन हमाद अल थानीको भ्रमणका अवसरमा दुई देशबीच दुईवटा सम्झौता र ६ वटा समझदारी भएका छन् ।

राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । यसैगरी सरकारी स्तरमा कला तथा संस्कृति, शिक्षा, युवा तथा खेलकुद, कानुनी निकायबीच सहकार्य र कूटनीतिक तालिमसम्बन्धी समझदारी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच संयुक्त व्यापार परिषद् गठनसम्बन्धी सम्झौता र सम्झौता पत्र नवीकरणसम्बन्धी दस्ताबेजमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर अल थानीको उपस्थितिमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । सरकारी स्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गर्नुभएको हो । गैरसरकारी स्तरमा भएको समझदारी पत्रमा नेपालका तर्फबाट उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर अल थानीबीच भएको द्विपक्षीय भेटवार्तामा नेपालमा लगानीको सम्भाव्यताका विषयमा छलफल भएको थियो । उक्त अवसरमा कतारका अमिर अल थानीले कतारको विकासमा नेपालका श्रमिकहरू योगदानको समेत उल्लेख गर्नुभयो । भेटवार्तामा सहकार्य र सहयोगका लागि दुईपक्षीय संयुक्त समिति गठन गर्नेसमेत सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिनुभयो ।

दुईपक्षीय वार्तापछि प्रधानमन्त्री दाहाल र कतारका अमिर अल थानीबीच एक्लाएक्लै पनि छलफल भएको थियो । कतारका अमिर अल थानीको सम्मानमा आजै दिउँसो प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न काठमाडौं आइपुग्नुभएका कतारी अमिरले हिजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो ।

कतारका अमिर अल थानी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किनुभएको छ । अमिर अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]