२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

नेपाल र कतारबीच विभिन्न ८ क्षेत्रमा सम्झौता र ६ वटा समझदारी

Logo
HeroNepal-tv प्रकाशित बुधबार, बैशाख १२, २०८१

काठमाडौं । कतारका अमिर शेखर तमिम विन हमाद अल थानीको भ्रमणका अवसरमा दुई देशबीच दुईवटा सम्झौता र ६ वटा समझदारी भएका छन् ।

राष्ट्रिय समाचार समिति र कतार समाचार समितिबीच समाचार आदानप्रदान गर्ने विषयमा सम्झौता भएको छ । यसैगरी सरकारी स्तरमा कला तथा संस्कृति, शिक्षा, युवा तथा खेलकुद, कानुनी निकायबीच सहकार्य र कूटनीतिक तालिमसम्बन्धी समझदारी भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बर अफ कमर्शबीच संयुक्त व्यापार परिषद् गठनसम्बन्धी सम्झौता र सम्झौता पत्र नवीकरणसम्बन्धी दस्ताबेजमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर अल थानीको उपस्थितिमा समझदारी र सम्झौतामा हस्ताक्षर भएको हो । सरकारी स्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुनमन्त्री पदम गिरी र कतारका तर्फबाट विदेश राज्यमन्त्री सुल्तान विन साद अल मुराइखीले हस्ताक्षर गर्नुभएको हो । गैरसरकारी स्तरमा भएको समझदारी पत्रमा नेपालका तर्फबाट उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका तर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर अल थानीबीच भएको द्विपक्षीय भेटवार्तामा नेपालमा लगानीको सम्भाव्यताका विषयमा छलफल भएको थियो । उक्त अवसरमा कतारका अमिर अल थानीले कतारको विकासमा नेपालका श्रमिकहरू योगदानको समेत उल्लेख गर्नुभयो । भेटवार्तामा सहकार्य र सहयोगका लागि दुईपक्षीय संयुक्त समिति गठन गर्नेसमेत सहमति भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले जानकारी दिनुभयो ।

दुईपक्षीय वार्तापछि प्रधानमन्त्री दाहाल र कतारका अमिर अल थानीबीच एक्लाएक्लै पनि छलफल भएको थियो । कतारका अमिर अल थानीको सम्मानमा आजै दिउँसो प्रधानमन्त्रीले दिवाभोज आयोजना गर्नुभएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा हिजो अपराह्न काठमाडौं आइपुग्नुभएका कतारी अमिरले हिजै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नुभएको थियो ।

कतारका अमिर अल थानी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज दिउँसो स्वदेश फर्किनुभएको छ । अमिर अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]