२२ जेठ २०८३, शुक्रबार
05-06-2026 , Fri
×

सल्यानमा दुई समूह विच ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु

Logo
HeroNepal-tv प्रकाशित बुधबार, बैशाख १२, २०८१

सुर्खेत ।  सल्यानको कुमाख गाउँपालिका ५ मा दुई समूह विच ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो ११ गते राती करिब १० बजेको समयमा झारकाँडा र कौछ्याको विचमा भएको ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक शेर बहादुर बस्नेतले जानकारी दिएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका ५ कौछ्याका २० वर्षका विकाश वली रहेका छन् ।

बैशाख ११ गते दिउँसो दाङबाट माइती मान्न गएका उनीहरु फर्किसकेको र राती नाचगान गर्ने क्रममा केही व्यक्तिहरुले विवाहको लागि बनाइएको गेट भत्काएपछि झगडा सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक बस्नेतले कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

बस्नेतका अनुसार ग्याङ्गफाइटमा संग्लन ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए । पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइने बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]