२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सल्यानमा दुई समूह विच ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु

Logo
HeroNepal-tv प्रकाशित बुधबार, बैशाख १२, २०८१

सुर्खेत ।  सल्यानको कुमाख गाउँपालिका ५ मा दुई समूह विच ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको छ ।

हिजो ११ गते राती करिब १० बजेको समयमा झारकाँडा र कौछ्याको विचमा भएको ग्याङ्गफाइट हुँदा एक जनाको मृत्यु भएको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक शेर बहादुर बस्नेतले जानकारी दिएका छन् । मृत्यु हुनेमा कुमाख गाउँपालिका ५ कौछ्याका २० वर्षका विकाश वली रहेका छन् ।

बैशाख ११ गते दिउँसो दाङबाट माइती मान्न गएका उनीहरु फर्किसकेको र राती नाचगान गर्ने क्रममा केही व्यक्तिहरुले विवाहको लागि बनाइएको गेट भत्काएपछि झगडा सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको इप्रका रागेचौरका प्रमुख प्रहरी निरिक्षक बस्नेतले कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

बस्नेतका अनुसार ग्याङ्गफाइटमा संग्लन ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताए । पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइने बस्नेतले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]