०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

सोमबारबाट फिल्म रावायणको छाया‌कंन सुरु ःनायक पल शाह र नायिका पूजा शर्मा

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १०, २०८१

काठमाडौं ।  फिल्म रावायणको छाया‌कंन सुरु भएको छ । निर्माण पक्षले सोमबार जनकपुरबाट फिल्मको छायांकन सुरु गरेको हो ।

सुदर्शन थापाको निर्देशन रहने यस फिल्ममा नायक पल शाह, नायिका पूजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक, नायक प्रमोद अग्रहरी लगायतको मुख्य अभिनय रहने बताइएको छ । उनीहरूसहित प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको अभिनय रहने बताइएको छ ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने यस फिल्म सुदर्शन थापा र पुजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् । यो फिल्म शिवम अधिकारीको लेखेका हुन् ।

पहिला निर्देशक थापाले यस फिल्मको मुख्य भूमिकामा नायक अनमोल केसी र मोडल नीति शाहलाई अनुबन्ध गरेका थिए । अनमोलले अन्तिम समयमा फिल्मबाट हात झिकेपछि यस फिल्मको निर्माण अलपत्र परेको थियो । यो घटनाले कानुनी रूप पनि लिएको थियो ।

अग्रिम भुक्तानी लिएर फिल्ममा काम नगरेका कारण अनमोल प्रहरीको नियन्त्रणमा समेत परे । नीतिको डेब्यू फिल्म रहने भनेर समेत फिल्मले चर्चा पाएको थियो । अहिले अनमोल र नीति दुवै फिल्ममा छैनन् । त्यस बेला यस फिल्म सुदर्शन थापा प्रोडक्सनको ब्यानरमा बन्ने घोषणा गरिएको थियो ।

यस फिल्म भदौ २१ मा प्रदर्शनमा ल्याउने निर्माण पक्षको तयारी रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]