०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १०, २०८१

काठमाडौं । चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । उनले शनिबार निर्माण पक्षसँग सम्झौता गरेका हुन् ।

चलचित्रको मुख्य भूमिका मध्ये एकमा दिव्य देवको अभिनय रहने निर्देशक सन्तोष सेनले बताएका छन् । अब्बल अभिनय क्षमता भएका उनलाई अनुबन्ध गर्न पाउँदा टिममा उत्साह बढेको सेनको भनाइ छ ।

छायाङ्कन अगावै सार्वजनिक भएको ‘बलिदान’को टिजरमा दिव्य देवले आवाज दिएका थिए । गत वर्ष टिजरको कामका बेला नै निर्देशकले अभिनयका लागि प्रस्ताव गरेको उनको भनाइ छ ।

दिव्य देव भन्छन्, ‘मेरो भूमिका महत्त्वपूर्ण छ । भव्यताका साथ चलचित्र बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।’

उनी पछिल्लो समय मेकरका नजरमा परेका कलाकार हुन् । उनी नाटक पृष्ठभूमिका कलाकार हुन् । उनले ‘चिसो एस्ट्रे’, ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्

नायक बिराज भट्टका छोरा समीरको डेब्यू रहने यस फिल्म आसुसेन फिल्मस्‌को ब्यानरमा बन्दै छ । यस फिल्ममा अभिनेता सौगात मल्ल, अर्पण थापा नायिका ऋचा शर्मा अनुबन्ध भइसकेका छन् ।

यसै वर्ष रिलिज हुने फिल्मका लागि इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै हुने निर्माण पक्षले जनाएको छ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र बन्ने निर्माण पक्षले यसअघि नै जानकारी दिएको छ ।

यस चलचित्रमा निर्माता पवन ब्राडफोर्ड विष्ट र सह-निर्माता प्रेम पुरी रहेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]