०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित

Logo
HeroNepal-tv प्रकाशित सोमबार, बैशाख १०, २०८१

काठमाडौं । चलचित्र ‘बलिदान’मा अभिनेता दिव्य देव अनुबन्धित भएका छन् । उनले शनिबार निर्माण पक्षसँग सम्झौता गरेका हुन् ।

चलचित्रको मुख्य भूमिका मध्ये एकमा दिव्य देवको अभिनय रहने निर्देशक सन्तोष सेनले बताएका छन् । अब्बल अभिनय क्षमता भएका उनलाई अनुबन्ध गर्न पाउँदा टिममा उत्साह बढेको सेनको भनाइ छ ।

छायाङ्कन अगावै सार्वजनिक भएको ‘बलिदान’को टिजरमा दिव्य देवले आवाज दिएका थिए । गत वर्ष टिजरको कामका बेला नै निर्देशकले अभिनयका लागि प्रस्ताव गरेको उनको भनाइ छ ।

दिव्य देव भन्छन्, ‘मेरो भूमिका महत्त्वपूर्ण छ । भव्यताका साथ चलचित्र बनाउने आँट भएको मेकरसँग काममा जोडिन पाउँदा खुसी लागेको छ ।’

उनी पछिल्लो समय मेकरका नजरमा परेका कलाकार हुन् । उनी नाटक पृष्ठभूमिका कलाकार हुन् । उनले ‘चिसो एस्ट्रे’, ‘हिजो आजका कुरा’, ‘दि सेक्रेट्स अफ राधा’, ‘महाजात्रा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्

नायक बिराज भट्टका छोरा समीरको डेब्यू रहने यस फिल्म आसुसेन फिल्मस्‌को ब्यानरमा बन्दै छ । यस फिल्ममा अभिनेता सौगात मल्ल, अर्पण थापा नायिका ऋचा शर्मा अनुबन्ध भइसकेका छन् ।

यसै वर्ष रिलिज हुने फिल्मका लागि इटहरीमा सेट डिजाइनको काम भइरहेको छ । यसको छायाङ्कन करिब ६० प्रतिशत स्टुडियोमा नै हुने निर्माण पक्षले जनाएको छ ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर यो चलचित्र बन्ने निर्माण पक्षले यसअघि नै जानकारी दिएको छ ।

यस चलचित्रमा निर्माता पवन ब्राडफोर्ड विष्ट र सह-निर्माता प्रेम पुरी रहेका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]