०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

धनकुटामा बा ५ ख ७२४ नम्बरको माइक्रो दुर्घटना हुँदा १५ जना घाइते

Logo
HeroNepal-tv प्रकाशित शनिबार, बैशाख ०८, २०८१

धनकुटा । काठमाडौंबाट संखुवासभाको खादबारी जाँदै गरेको बा ५ ख ७२४ नम्बरको माइक्रो आज बिहान धनकुटा नगरपालिका-९ च्याङच्याङबारीमा दुर्घटना भएको छ । दुर्घटनामा परी १५ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको धनकुटाका ट्राफिक प्रहरी इन्चार्ज चन्द्रकुमार फाँजू श्रेष्ठले जानकारी दिनुभयो । माइक्रो सडकबाट करिब ७५ फिट तल खसेको छ । दुर्घटनापछि गाडी चालक हरिशरण आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । माइक्रोमा चालकसहित २० जना यात्रु सवार थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]