०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

सौगात मल्ल अभिनित चलचित्र ‘हात्तीछाप’को “बबाल” फष्टलुक पोष्टर सार्वजनिक।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन ०१, २०८०

काठमाडौं := नयाँ नेपाली चलचित्र ‘हात्तीछाप’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण युनिटलेले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मितितय गरेको हो ।

चलचित्र २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा सौगातलाई फष्टलुकमा ‘बोत्तल राजा’ को पात्रमा प्रस्तुत देखाइएको छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा सौगातसँगै दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।

सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्र काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको हो । अमलादेवी नेपाली, पुस्कर गुरुङ र दीपक मनांगेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुनुहुन्छ । चलचित्रमा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]