०८ माघ २०८२, बुधबार
21-01-2026 , Wed
×

सौगात मल्ल अभिनित चलचित्र ‘हात्तीछाप’को “बबाल” फष्टलुक पोष्टर सार्वजनिक।

Logo
HeroNepal-tv प्रकाशित सोमबार, आश्विन ०१, २०८०

काठमाडौं := नयाँ नेपाली चलचित्र ‘हात्तीछाप’को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । चलचित्र निर्माण युनिटलेले चलचित्रको फष्टलुक पोष्टर सार्वजनिक गर्दै सिनेमाघरमा आउने मितितय गरेको हो ।

चलचित्र २६ माघबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । चलचित्रको फष्टलुकमा अभिनेता सौगात मल्ललाई मात्र स्थान दिइएको छ । सिमोस सुनुवारको निर्देशन रहेको चलचित्रमा सौगातलाई फष्टलुकमा ‘बोत्तल राजा’ को पात्रमा प्रस्तुत देखाइएको छ ।

प्रदीप भारद्वाजको लेखन रहेको चलचित्रमा सौगातसँगै दयाहाङ राई, उपासनासिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्दि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, विल्सन विक्रम राई, विनोद न्यौपाने, कविता आले, रविन्द्र झा, रियर राई, सुष्मा निरौला, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, विन भुजेल लगायतका कलाकारको अभिनय छ ।

सुशन प्रजापतिको छायांकन रहेको यो चलचित्र काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिएको हो । अमलादेवी नेपाली, पुस्कर गुरुङ र दीपक मनांगेको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता सरोज नेपाली हुनुहुन्छ । चलचित्रमा आर्टमान्डुको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, निमेष श्रेष्ठको सम्पादन, आरआर फिल्मस्को वितरण रहनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]