०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

छोरीलाई संसार देखाएर संसार छोडिन कौशिलाले -आमाको माया

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

दाङ । दाङ बबई गाउँपालिका वडा नं. ५ जलुकेकी ३० बर्षिया कौशिला नेपालीलाई मंसिर २३ गते सुत्केरी व्यथा लाग्यो । सुत्केरी हुन कौशिला, उनका श्रीमान यम वहादुर र अन्य आफन्ति सहित तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा गए । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले केश जटिलको कारण देखाउदै तुरुन्त नेपालगञ्ज लैजान सल्लाह दियो

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सहजै बच्चाको जन्म होला भन्ने आशाका साथ आएका यम वहादुरलाई नेपालगञ्ज लैजानु पर्छ भन्दा आकाशै खसे झै भयो । आर्थिक अवस्था कमजोर भएका यम वहादुरलाई अव के गरम कसो गरम भयो । नेपालगञ्ज लैजान पैसा छैन । लैजाम पैसा छैन नलैजाम श्रीमती र बच्चालाई केहि होला भन्ने डर भयो यम वहादुरलाई । पैसाको अभावले यम वहादुरलेको घोराही राप्ती विज्ञान प्रतिष्ठानमा लैजाने निधो गरे । एम्बुलेन्समा लैजाने पैसा नभएर सार्वजनिक बसमा चढाएर सुत्केरी व्यथा लागेकी श्रीमतीलाई लैजान बाध्य भए ।

राप्ती विज्ञान प्रतिष्ठानमा सुत्केरी व्यथाले आलसतालस भएकी श्रीमतीलाई आफन्तिको जिम्मा लगाएर यम वहादुर पैसाको जोहो गर्न गाउँ आए । गाउँमा आएर ऋण सापटी गरी उनी अस्पताल गए । मंसिर २३ गते बेलुका ५ बजे कौशिलाले अप्रेसन मार्फत छोरीलाई संसार देखाइन् । सुत्केरीको अवस्था सामान्य छ भनेर कौशिलालाई वार्डमा सारियो । ३,४ पटक छोरीलाई दुध पनि चुसाइन । मंसिर २४ गते विहान ५बजे तिर कौशिलाले एक्कासी पेट दुख्यो भनिन् । डाक्टरलाई बोलाएर देखाउदा आइसियु राख्ने सल्लाह दिए । कौशिलालाई आईसियुमा राखियो । आईसियुमा राखेको केहि समय पछि डाक्टरले कौशिलालाई मृत घोषणा गरे । कौशिलाले छोरीलाई संसार देखाएर आफू संसार छोडेर गइन्

उनको मृत्यु भएको आज ३ दिन भयो । कौशिलाले संसार छोडेर गइन तर यता ४ दिनको छोरीको विचल्ली भएको छ । ४ दिनकी छोरीले आमा र दुध खान खोजे रहेछिन् । आमाको न्यानोपन खोजि रहेकी छिन् । विचरा यम वहादुर लाचर भएर टह टह गरेर आमा खोजिरहेकी छोरी हेर्न बाध्य भएका छन् । यम वहादुरलाई आफूसंग पैसा नभएर श्रीमतीको ज्यान भएको भन्ने हिनतबोध भएको छ । ‘मसंग पैसा भएको भए आज छोरीले आमाको दुध खाइरहेको हुन्थी’, यम वहादुर भन्छन् ‘पैसा नहुँदा नेपालगञ्ज लग्न सकिएन पैसाको अभावमा श्रीमती गुमाउनु प¥यो ।’ ४ दिनकी छोरीलाई अव कसरी बचाउने भन्ने चिन्ता यम वहादुरलाई छ । ९ बर्षको छोरा आमाको क्रिया बसेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]