०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जना घाइते

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

सल्यान : सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कुमाख गाउँपालिका ३ गुर्दासेबाट सल्यान श्रीनगर आउँदै गरेको ना ख ५३१३ नम्बरको बस कुमाख गाउँपालिका ३ को भित्रि सडकखण्डमा आइतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान कुमाख गाउँपाकिला ३ गुर्दासेका २५ वर्षीय हस्त राना, १८ वर्षीया युमना सिंह र ७३ वर्षीय भूमि सिहं रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपअचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो ।
बसमा ९ जना सवार रहेको र अनियन्त्रित भइ सडकमा पल्टिएकोे थियो । चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]