२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँदा ३ जना घाइते

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

सल्यान : सल्यानमा यात्रु बहाक बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । कुमाख गाउँपालिका ३ गुर्दासेबाट सल्यान श्रीनगर आउँदै गरेको ना ख ५३१३ नम्बरको बस कुमाख गाउँपालिका ३ को भित्रि सडकखण्डमा आइतबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान कुमाख गाउँपाकिला ३ गुर्दासेका २५ वर्षीय हस्त राना, १८ वर्षीया युमना सिंह र ७३ वर्षीय भूमि सिहं रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घाइतेहरुको सल्यान जिल्ला अस्पतालमा उपअचार भइरहेको र सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नविन कार्कीले जानकारी दिनु भयो ।
बसमा ९ जना सवार रहेको र अनियन्त्रित भइ सडकमा पल्टिएकोे थियो । चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]