०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

पाठेघर सफा गर्दा २१ वर्षीया युवतीको मृत्यु पछी ८ महिने छाेरीकाे बिचल्ली

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

सुर्खेत । दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २१ वर्षीया भीमा गुरुङ बलामी उपचारका लागि सुर्खेत आइन् ।

८ महिने छाेरी साथमा लिएर उनी दैलेख पिपलकाेटबाट उपचारका लागि सुर्खेत आएकी थिइन् । उनी सुर्खेत आएको दुई दिनपछि उनका श्रीमान नेपाली सेनामा कार्यरत २३ वर्षीया नवराज बलामी सुर्खेत पुगेका थिए ।

गत २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित राना क्लिनिक एण्ड डायग्नाेस्टिक सेन्टर प्रालिमा भीमा र उनकी ठुली आमाले चेकजाँच गराउँदा पाठेघरमा समस्या देखायो ।

राना क्लिनिकका चिकित्सकले यहाँ उपचार गराउदा धेरै रुपैयाँ खर्च लाग्ने र वल्र्ड धेरै बग्ने हुँदा प्रदेश अस्पताल जान सल्लाह दिए ।

त्यसपछि उनीहरु २७ गते मंगलबार कर्णाली प्रदेश अस्पतालमा राना क्लिनिककाे सल्लाह बमोजिम उपचारका लागि प्रदेश अस्पताल गए । भीमा २८ गते बुधबार बिहानै उनी प्रदेश अस्पताल भर्ना भइन् ।

पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई एक्कासि मृत घोषणा गरेको भीमाका श्रीमान नवराज बलामी बताए ।

नवराजका अनुसार श्रीमतीकाे मिन्स बिग्रेर पाठेघरमा किटाणुहरु जम्मा भएको उनकाे भनाइ छ । डाक्टरले भिडियो एक्सरे गर्दा याे सफा गर्नुपर्छ भनेकाे थियाे उनले भने । औषधी खाएर हुँदैन मेसिन हालेर सफा गर्नु पर्ने डाक्टरले नवराजलाई सल्लाह दिएका दिए ।

‘बिरामीलाई अप्रेसन गर्न लैजादा सहिछाप पनि गरेनन्, डाक्टरले बिरामी नर्मल छ भनिरहेका थिए,` उनले भने,`हामीलाई धेरै पटक वल्र्ड लिन पठाए । त्यहाँसम्म पनि मेराे श्रीमतीकाे अवस्था नर्मल छ भनिरहेका थिए । फेरि चार प्याकेट वल्र्ड लिन पठाए । त्यसपछि डाक्टरले तपाईंको बिरामी बाच्न सक्ने अवस्थामा छैन् भने । मैले भने अझै पनि केही हुन्छ भने म बाहिर लैजान्छु भनेको । उनीहरुले हामी प्रयास गरिरहेका छाैं आतिनु पर्दैन भनेर भित्र गए । केही समयपछि मलाई एक्लै एकान्तमा बाेलाएर तपाईंकाे बिरामीकाे मृत्यु भइसक्यो हामीले बचाउन सकेन भने ।`

 

रक्त नसाहरू सफा गर्न र अस्पतालमा परीक्षण गराउँदा ४ महिनाअघि सुत्केरी हुँदा पाठेघरमा सालनालका केही अंश बाँकी रहेको पाइएको प्रदेश अस्पताल निर्देशक डा: डम्बर खड्काले जानकारी दिए ।

पाठेघर सफा गर्दा सुत्केरी हुँदा हजारौंमा एककाे बच्चा बस्ने पानी अथवा रगतकाे थाेपा फाेक्साेमा मुटुमा भेटिन्छ; डा: खड्काले भने,`त्याे भयाे भने मान्छेकाे एक्कासि श्वास फर्ने गार्‍हो हुने हुन्छ । त्यसैले बचाउन सक्ने संभावना एकदमै कम हुन्छ । उहाँको पनि त्यस्तै हुन गएको हाे । एक्कासि बाेलिरहेकाे हिडिरहेकाे मान्छे एकैपटक मर्दाखेरि आफन्तहरुले लापरबाही भयाे भन्ने छ । त्याे हाेइन पत्ता लगाउने माध्यम पाष्टमार्टम हाे । पाष्टमार्टम गर्न सकिन्छ ।`

उनका अनुसार उपचारमा लापरबाही नभएको बताए ।

भीमाका श्रीमानका अनुसार अस्पतालले बिहीबार दिउँसो ३ बजेतिर भीमालाई मृत घोषणा गरेको जानकारी दिए । यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल खारेज हुनुपर्ने भीमाका श्रीमानले बताउदै आएका छन् ।

मृतकका आफन्तले तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवार डाक्टरलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।

भीमाको मृत्युसँगै अस्पताल परिसर तनावग्रस्त बनेकाे छ ।घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग आफन्तहरूले गरेका छन् ।

पीडितहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]