०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

मकैबारीमा तीन जना बिचको झडप, छुरा प्रहार बाट एककाे मृत्यु

Logo
HeroNepal-tv प्रकाशित आइतबार, बैशाख ०२, २०८१

खोटाङमा छुरा प्रहारबाट एक जनाको मृत्यु भएको छ । शनिबार साँझ रुपाकोट मझुवागढी नगरपालिका–११ को मकैबारीमा तीन जना बिचको झडपमा छुरा प्रहार बाट मृत्यु भएको हो ।

सो झडवमा छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ का ३१ वर्षीय धनजित राईको मृत्यु भएको हो। उनलाई सोही ठाउँका भिमबहादुर राईको मकैबारीमा छुरा प्रहार गरिएको हो।

राईको घट्नास्थलमै मृत्यु भएको र छुरा प्रहार गरी फरार भएका अभियुक्तको खोजी भइरहेको छ। घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी जालपाबाट प्रहरीको टोली घट्नास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]