०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सडकमा अलपत्र परेर बसेका कृष्णलाई पि एन सी सी मलेसियाद्वारा उद्वार।

Logo
कृष्ण गुप्ता प्रकाशित शनिबार, बैशाख ०१, २०८१

मलेसिया :- बिगत लामो समय देखि मलेसियामा रोजगार बिहिन भइ सडकमा अलपत्र परेका गुल्मी जिल्ला मुसिकोट -९ का कृष्ण बहादुर बि क लाई पि एन सी सी मलेसियाले उद्वार गरि घर फिर्ता गराई दिएको छ।

२०१४ मा मलेसिया आई पुगेका बि क बिगत ६ बर्ष देखि अबैधानी रहदै आएको थिए। अबैधानिक रुपमा काम गर्दै गर्दा बिक लाई मधुमेह रोगले सताउदै आएको काम बिहिन भए पच्जी उपचार गर्न कुनै सम्भावना नभए पछि सडक बास हुन पुगेको पिडित बिक ले बताए।

बिक को उद्वारमा नेपाली राजदुतावास मलेसियाले निशुल्क ट्राभल डकुमेन्ट उपलब्ध गराएको थियो भने गौर आवसिए नेपाली संघ मलेसियाले सेल्टर हाउस उपलब्ध गराएको थियो भने बाँकी लाग्ने खर्छ सबै पि एन सी सी ले बेहोरीएको पि एन सी सी प्रतिनिधि पुर्ण लिम्बू ले जानकारी गराए।

त्यस्तै बिक नेपाल पुगे पछि पि एन सी सी को सेल्टर हाउसमा राखिएको थियो भने बिक परिवार बाट सम्पर्क बिहिन अबस्थामा रहेकोले पि एन सी सी ले मुसिकोट – ९ का वडा अध्यक्ष भुमा गुरुङ ले जिम्मा लिई आफ्नो गृह जिल्ला लगेको छ भने वडा पुगे पछि परिवारको पहिचान गरि जिम्मा लगाई दिने गरी वडा अध्यक्ष गुरुङ ले गृह स्थान लगेको प्रतिनिधि लिबु ले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]