०५ साउन २०८३, मंगलबार
21-07-2026 , Tue
×

सल्यानमा आगलागीबाट आमा-छोरीको मृ’त्यु

Logo
HeroNepal-tv प्रकाशित शनिबार, भाद्र ३०, २०८०

सल्यानमा आगलागीबाट आमा-छोरीको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका–२ धार ढुंगाकी अन्दाजी ३२ वर्षीया रेवती थापा र ९ महिने छोरी ऋतु थापाको आगलागीबाट मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गोपाल श्रेष्ठले  बताए।

रेबतीका श्रीमान रोजगारीको सिलसिलामा विदेशमा रहेको हुँदा आमा छोरी मात्रै घरमा बस्दै आएका थिए। घटनाबारे प्रहरीलाई स्थानीयले बिहान साढे ७ बजे खबर गरेपछि प्रहरी पुगेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए।

आमा छोरीको घर भित्रै जलनबाट मृत्यु भएको अवस्थामा शव फेला परेको उनले बताए।

‘शुक्रबार राति सुतेको समयमा आगलागी भएको वा बिहान मात्रै आगलागी भएको हो त्यो खुलिसकेको छैन,’ प्रवक्ता श्रेष्ठले भने, ‘घरमा कसरी आगलागी भयो भन्नेबारे अनुसन्धान हुन बाँकी छ।’

घटनास्थलमा जिल्ला प्रहरी प्रमुखसहित प्रहरी टोली अनुसन्धानका लागि पुगेको श्रेष्ठले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]