०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

सुर्खेतमा (रिजुका) गुरुङ बलामीको मृत्यु,अस्पताल क्षेत्र अझै तनावग्रस्त

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र ३०, २०८०

सुखेर्त ः     दैलेखकाे आठबिस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामीकाे पाठेघर सफा गर्दा मृत्यु भएकाे छ।

पेट दुखेको भन्दै उपचारका लागि बिहीबार बिहान कर्णाली प्रदेश अस्पताल भर्ना भएकी उनकाे उपचारकाे क्रममा दिउँसाे चिकित्सकले घोषणा गरेकाे हाे।

अस्पतालमा परीक्षण गराउँदा ४ महिनाअघि सुत्केरी हुँदा भीमाकाे पाठेघरमा सालनालका केही अंश बाँकी रहेकाेले सफा गर्नुपर्ने भएकाे चिकित्सकले बताएका छन्।

भीमाकाे परिवारका अनुसार उपचारका क्रममा चिकित्सकले रगत अभाव भएकाे भन्दै रगत मगाएको र केही समयमै मृत घोषणा गरेकाे हाे।

हिँडेर नै अस्पताल गएकी भीमाकाे अस्पतालले एक्कासी मृत घोषणा गरेपछि परिवार अचम्ममा परेका छन्। उनका आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाकाे मृत्यु भएको आरोप लगाएका छन्। भीमाको मृत्युपछि अस्पताल क्षेत्र अझै तनावग्रस्त छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]