०४ कार्तिक २०८३, मंगलबार
20-10-2026 , Tue
×

नेपालले एसीसी प्रिमियर कपको पहिलो खेल मलेसियासँग खेल्ने

Logo
HeroNepal-tv प्रकाशित बुधबार, चैत्र २८, २०८०

काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपको पहिलो खेल मलेसियासँग खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का अनुसार नेपालले १२ अप्रिलमा मलेसियासँग खेल्ने भएको हो।

टी–२० फर्म्याटमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा मलेसियासँगै, हङकङ, कतार र साउदी अरब छन्। समूह ‘बी’ मा आयोजक ओमानसहित यूएई, कुवेत, बहराइन र कम्बोडिया छन्।

त्यस्तै, समूह चरणको दोस्रो खेल नेपालले कतारसँग १३ अप्रिलमा खेल्ने छ। हङकङसँग १५ अप्रिल र साउदी अरबसँग १७ अप्रिलमा खेल्ने नेपालले समूह चरणका खेल सक्काउने छन्।

समूहमा शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल जित्ने दुई टोलीले फाइनल खेल्नेछन्।

यो प्रतियोगिता जित्ने टोली सन् २०२५ मा टी–२० फर्म्याटमा आयोजना हुने एशिया कपमा पुग्नेछ। शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम्स एशिया कप खेल्नेछन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]

जोहोर, मलेसिया । मकालु एफसी जोहोर, मलेसियाको आयोजनामा हुने दोस्रो मकालु गोल्ड कप २०२६ फुटबल प्रतियोगिताको टाइ–सिट सार्वजनिक गरिएको छ। प्रतियोगितामा विभिन्न क्लबका १६ टोली सहभागी हुने भएका छन्। प्रतियोगिताका टोलीलाई पोल ‘ए’ र पोल ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ। पोल ‘ए’ मा मकालु एफसी, पुर्बेली एफसी, तामान यू एफसी, योङ थन्डर एफसी, […]

मलेसिया : मलेसियामा आयोजित “स्व. जीवन स्मृति दोस्रो सगरमाथा आमन्त्रण भलिबल प्रतियोगिता–२०२६” भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ । प्रतियोगितामा मलेसियाका नेपालीहरुकाे विभिन्न १६ टोलीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आँधीखोला भलिबल क्लब स्याङ्जा, नेपालले जित्न सफल भएको छ भने नवदुर्गा युवा क्लब जोहोर–बातु पाहाट उपविजेतामा सीमित बनेको छ । प्रतियोगितामा प्रथम हुने […]