०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

चर्च र आर्मीले भोजपुर गोल्डकप खेल्ने खेल्ने पक्का

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र २३, २०८०

काठमाडौं : सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपमा ए डिभिजनका दुई क्लबले खेल्ने भएका छन् ।

भोजपुर गोल्डकप प्रतियोगितामा पछिल्लो संस्करणको ए डिभिजन लिग विजेता चर्च ब्वाईज युनाईटेड र त्रिभुवन आर्मी क्लबले खेल्ने पक्का भएको हो ।

यसअघि सेभेन ए साईडको रुपमा प्रतियोगिता सञ्चालन हुदै आएको थियो ।

‘अब पुरा सेट खेल्ने गरि प्रतियोगिता हुने भएपछि दुई ए डिभिजनका क्लब सहभागी हुने पक्का भएको छ ।’ आयोजक भोजपुर फुटबल संघका अध्यक्ष प्रविन सुवालले खेलपाटीसँग भने ।

‘तीन वटा ए डिभिजनका क्लब सहभागी गराउने योजना थियो । बजेट अनुसार दुई ए डिभिजनका क्लबले खेल्ने पक्का भएको छ ।’ सुवालले थपे ।

बैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आर्मी, चर्च सहित राजारानी फुटबल क्लब, खोटाङ भगवती स्पोर्ट क्लब, डाँगीहाट युथ क्लब, जर्जियन फुटबल क्लब र सलहेश युवा क्लब सहभागी हुने पक्का भएको छ ।

प्रतियोगिताले विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । भोजपुर रंगशालामा हुने प्रतियोगितालाई मुख्य प्रायोजकको रुपमा भोजपुर नगरपालिकाले सहयोग गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]