०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

ऐतिहासिक  निर्णय गर्दै प्रवासी नेपाली मञ्च मलेसियाको सातौं बैठक सम्पन्न।

Logo
कृष्ण गुप्ता प्रकाशित आइतबार, चैत्र १८, २०८०

मलेसिया : प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे घोषणा गरेका सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ ।
त्यसै गरि उक्त बैठकले रिक्त रहेको सह-सचिव पदमा राम चन्द्र लोप्चन र जोहोर राज्य कमिटी ईन्चार्जमा छबिलाल गीरिलाई मनोनीत गरेको छ भने बिबिध कारणले नेपाल फर्किएका पदाधिकारी तथा सदस्यहरुलाई मञ्च मलेसियालाई दिएको योगदानको कदर गर्दै धन्यवाद साथै आगामी राजनैतिक यात्राको शुभकामना व्यक्त गरेको छ।
त्यस्तै मञ्च पुर्वी एसिया कमिटिले निर्णय गरि मलेसियाबाट माग गरेको विभिन्न बिभाग सदस्यको लागि ८ जनालाई सिफारिस गरेको छ। सिफारिस हुनेहरुमा संगठन बिभागमा मञ्च मलेसिया सचीव कृष्ण बहादुर खड्का,आर्थिक बिभागमा मञ्च मलेसिया राज्य कमिटी अध्यक्ष गोरख खवास, ज्ञान सीप तथा प्रविधि बिभागमा मञ्च मलेसिया सह सचिव राम चन्द्र लोप्चन,महिला बिभागमा मञ्च मलेसिया सदस्य तथा पेनाङ राज्य कमिटी ईन्चार्ज राधिका क्षेत्री,युवा तथा खेलकुद बिभागमा मञ्च मलेसिया सदस्य मिलन थिङ तामाङ,श्रम तथा रोजगार प्रवर्द्धन बिभागमा मञ्च मलेसिया सदस्य खगेन्द्र श्रेष्ठ,कला साहित्य तथा सांस्कृतिक बिभागमा मञ्चका उपाध्यक्ष जीवन देवान गाउँले र प्रचार प्रसार बिभागमा सविन कुमार लोप्चनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै अध्यक्ष कुमालले बैठकको समापन गर्दै मञ्च मलेसियाको तार्गेट ५ हजार सदस्यता बनाउने लक्ष्य रहेको हुदा राष्ट्रिय कमिटी मलेसिया सदस्य तथा राज्य कमिटीहरुलाई सदस्य बढाउन अहम् भुमिका खेल्न सर्कुलर गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]