२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

ऐतिहासिक  निर्णय गर्दै प्रवासी नेपाली मञ्च मलेसियाको सातौं बैठक सम्पन्न।

Logo
कृष्ण गुप्ता प्रकाशित आइतबार, चैत्र १८, २०८०

मलेसिया : प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी मलेसियाको सातौं बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै मञ्चका अध्यक्ष दयाराम कुमालको अध्यक्षतामा सम्पन्न भएको छ।

बैठकको प्रारम्भिक चरणमा छलफल गर्दै घोषण गरेको पीडित श्रमिक कल्याणकारी कोष बारे घोषणा गरेका सबै रकम संकलन गर्ने जिम्मेवारी अध्यक्ष दयाराम कुमाल र सचिव कृष्ण खड्कालाई दिने निर्णय गरेको छ ।
त्यसै गरि उक्त बैठकले रिक्त रहेको सह-सचिव पदमा राम चन्द्र लोप्चन र जोहोर राज्य कमिटी ईन्चार्जमा छबिलाल गीरिलाई मनोनीत गरेको छ भने बिबिध कारणले नेपाल फर्किएका पदाधिकारी तथा सदस्यहरुलाई मञ्च मलेसियालाई दिएको योगदानको कदर गर्दै धन्यवाद साथै आगामी राजनैतिक यात्राको शुभकामना व्यक्त गरेको छ।
त्यस्तै मञ्च पुर्वी एसिया कमिटिले निर्णय गरि मलेसियाबाट माग गरेको विभिन्न बिभाग सदस्यको लागि ८ जनालाई सिफारिस गरेको छ। सिफारिस हुनेहरुमा संगठन बिभागमा मञ्च मलेसिया सचीव कृष्ण बहादुर खड्का,आर्थिक बिभागमा मञ्च मलेसिया राज्य कमिटी अध्यक्ष गोरख खवास, ज्ञान सीप तथा प्रविधि बिभागमा मञ्च मलेसिया सह सचिव राम चन्द्र लोप्चन,महिला बिभागमा मञ्च मलेसिया सदस्य तथा पेनाङ राज्य कमिटी ईन्चार्ज राधिका क्षेत्री,युवा तथा खेलकुद बिभागमा मञ्च मलेसिया सदस्य मिलन थिङ तामाङ,श्रम तथा रोजगार प्रवर्द्धन बिभागमा मञ्च मलेसिया सदस्य खगेन्द्र श्रेष्ठ,कला साहित्य तथा सांस्कृतिक बिभागमा मञ्चका उपाध्यक्ष जीवन देवान गाउँले र प्रचार प्रसार बिभागमा सविन कुमार लोप्चनलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यस्तै अध्यक्ष कुमालले बैठकको समापन गर्दै मञ्च मलेसियाको तार्गेट ५ हजार सदस्यता बनाउने लक्ष्य रहेको हुदा राष्ट्रिय कमिटी मलेसिया सदस्य तथा राज्य कमिटीहरुलाई सदस्य बढाउन अहम् भुमिका खेल्न सर्कुलर गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]