०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

श्रीमानले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, चैत्र १३, २०८०

काठमाण्डाै  । श्रीमानले धारिलो हतियार प्रहार गरी बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुरमा आफ्नै श्रीमतीको हत्या गरेका छन्।

बाँकेको कोहलपुर नगरपालिका–१४ पर्वतीपुर स्थित हेम्पाइप फ्याक्ट्रीमा काम गर्दै आएका बर्दियाको बाँसगढी – ४ घर भइ हाल अस्थायी रुपमा कोहलपुर – १४ मा बस्दै आएका वर्ष २२ का अनिल विकले वर्ष २१ की श्रीमती सुशीला सुनारको हत्या गरेका हुन्।

विकले श्रीमती माथि धारिलो हतियार प्रहार गरेका छन् । धारिलो हतियार पछि गम्भीर घाइते भएकी सुनारलाई उपचारको लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको हो । सुनारको उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

श्रीमान् अनिल विकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लगि थप अनुसन्धान भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]