०८ साउन २०८३, शुक्रबार
24-07-2026 , Fri
×

नेपालले दुई टी२० शृंखलाअन्तर्गत सोमबार आयरल्यान्ड ‘ए’ सँग खेल्दै

Logo
HeroNepal-tv प्रकाशित सोमबार, चैत्र १२, २०८०

काठमाडौँ। घरेलु टोली नेपालले दुई टी२० शृंखलाअन्तर्गत सोमबार आयरल्यान्ड ‘ए’ सँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाअन्तर्गत पहिलो खेल दिउँसो १ बजेबाट शुरू हुने छ। शृंखलाका लागि आयरल्यान्डको टोली नेपाल आइसकेको छ।

यस्तै, नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरिसकेको छ।

टोलीमा रोहितसँगै आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, अनिल साह, गुलशनकुमार झा, दीपेन्द्रसिंह ऐरी, ललितनारायण राजवंशी र सोमपाल कामी छन्।

यस्तै, करण केसी, प्रतिश जीसी, अविनाश बोहरा, आकाश चन्द, सन्दीप जोरा र विवेक यादव छन्।

शृंखलामा सिनियर टोलीले आयरल्यान्ड ‘ए’ सँग दोस्रो खेल चैत मैंगलबार खेल्ने छ। त्यसपछि यही टोली भारतमा गएर खेल्ने छ।

भारतमा यो टोलीले बरोडा र गुजरातसँग चार टी२० खेल खेल्ने छ। नेपालले आईसीसी टी२० विश्वकपको तयारीस्वरुप आयरल्यान्ड ‘ए’, बरोडा र गुजरातसँग शृंखला खेल्न लागेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मलेसिया : जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोर, मलेसियाको प्रथम अधिवेशन–२०२६ भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको प्रमुख अतिथि किराँत याक्थुङ चुम्लुङ नेपाल, कोशी प्रदेशका संघीय उपाध्यक्ष निरन्ति तुम्बापाे रहनुभएको थियो। उहाँले सम्बोधन गर्दै प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सबै […]

मलेसिया – किराँत याक्थुङ चुम्लुङ (केवाईसी) जोहोर, मलेसियाले आफ्नो प्रथम अधिवेशन–२०२६ आयोजना गर्ने भएको छ। संस्थाका अनुसार “भाषा बाँचे संस्कृति बाँच्छ, संस्कृति बाँचे माटो बोल्छ” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा विदेशमा रहेर पनि आफ्नो कार्यव्यस्तताका बाबजुद लिम्बू समुदायको भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा संगीत क्षेत्रमार्फत योगदान पुर्‍याउने कलाकारहरूलाई सम्मान गरिनेछ। […]

क्वालालम्पुर, मलेसिया – मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकहरूले नेपाली राजदूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्ने मात्र नभई कम्पनीहरूमा प्रत्यक्ष पुगेर श्रमिकहरूको वास्तविक अवस्था बुझ्नुपर्ने आवश्यकता औंल्याएका छन्। मलेसियामा कार्यरत धेरै नेपाली श्रमिकले अझै पनि आफ्नो राहदानी (पासपोर्ट) आफूसँग नरहेको बताएका छन्। श्रमिकहरूका अनुसार केही कम्पनीहरूले कामदारले कुनै कामका लागि पासपोर्ट माग्दा RM २,००० देखि RM […]