०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

म्यासेन्जरमा ब्लक नगरी भिडियो र अडियो कल यसरी बन्द गर्न सकिन्छ

Logo
HeroNepal-tv प्रकाशित शनिबार, चैत्र १०, २०८०

पछिल्लो समय सञ्चारको लागि म्यासेन्जर एकदमै लोकप्रिय छ । तर, कुनै कुनै वेला म्यासेन्जरमा अनावश्यक कलहरू आउन सक्छन् ।

जसका कारण तपाइको समय पनि खेर जान सक्छ । यसकारण सामान्यतया धेरै मानिसले कसैको भिडियो तथा अडियो कल बन्द गर्नका लागि ब्लक नै गर्ने गर्छन् ।

जुन राम्रो सम्बन्धका लागि ठिक मानिदैन् । तर, तपाइलाई थाहा छ, म्यासेन्जरमा कल नलाग्ने बनाउन मिल्छ । यो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।

आज हामी तपाइलाई म्यासेन्जरमा कुनै व्यक्तिको भिडियो तथा अडियो कल आउनबाट रोक्ने उपायका बारेमा जानकारी दिँदै छौँ ।

यसरी गर्न सकिन्छ, म्यासेन्जरमा भिडियो तथा अडियो कल बन्द :

– तपाइको मोबाइलमा म्यासेन्जर एप खोल्नुहोस् ।

– कल बन्द गर्नुपर्ने साथीको आइडीमा क्लिक गरी च्याट बक्समा जाने ।

– च्याट बक्सको माथि रहेको ‘इन्फोमिसन आईकन’ अर्थात् आई लेखिएको अप्सनमा क्लिक गर्ने ।

– उक्त आइकनभित्र रहेको ‘नोटिफिकेशन एण्ड साउन्ड’ अप्सनमा क्लिक गर्ने ।

– उक्त अप्सनमा जाँदा मेसेन्जर, रिएक्सन्स कल्समा गइ ‘कल्स’ अप्सनलाई अफ गर्ने ।

– यस्तै त्यहीँ रहेको मेसेज, रिएक्सन्सलाई अफ गर्नुभयो भने मेसेज आएको नोटिफिकेशन पनि आउने छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]