०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

एमाले सुर्खेत : सहमति हुन नसकेपछि चुनावी मैदानमा देवकोटा र बिसी

Logo
हिरोनेपाल प्रकाशित शनिबार, चैत्र १०, २०८०

सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि प्यानल नै खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ। नयाँ नेतृत्वका लागि नवौँ अधिवेशन बिहीबारदेखि शुरु गरिएको हो। तर सहमतिको प्रयास सम्भव नभएपछि निर्वाचन कार्यतालिकाअनुसार नयाँ नेतृत्व छान्न उम्मेद्वारी दर्ता गरिएको हो।

अधिवेशनको उद्घाटन गर्न सुर्खेत आएका एमाले महासचिव शंकर पोखरेलले नयाँ नेतृत्व छनोटका लागि सर्वसम्मत गर्न निर्देशन दिएर फर्किएका थिए। तर, प्रदेश राजधानीको जिल्ला सुर्खेत भएकाले नेताहरुले प्रतिष्ठाको विषय बनाएर अन्तत चुनावी मैदानमा होमिएका छन्।

जसमा अध्यक्ष पदका लागि अमृतबहादुर बिसी र कुलमणी देवकोटाले उम्मेदवारी दर्ता गरिसकेका छन्।

देवकोटा टिममा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा अझै टुंगा लाग्न सकेको छैन । उप–सचिव महिलाबाट सुशील विश्वकर्माले उम्मेद्वारी दर्ता गराएकी छन्।

उपध्याक्ष पदका उम्मेदवार बडुवाल यसअघि पार्टी विभाजनहुँदा समाजवादीतर्फ लागेर सुर्खेत जिल्ला अध्यक्ष थिए। समाजवादीबाट एमालेमा समायोज भएका बडुवाल एमाले सुर्खेत पश्चिमका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । यसो त पार्टी विभाजन नहुनु अघि बडुवाल एमाले सुर्खेतको सचिव थिए।

यस्तै, एक कार्यकाल अध्यक्ष भइसकेका बिसी आठौँ अधिवेशनमा यामलाल कँडेलकै पक्षबाट उम्मेदवार बनेर जितेका थिए। बिसी पुनः दोहोरिँदा उनको टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्माले उम्मेद्वारी दर्ता गराएका छन्। उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र महिलमतर्फ तृप्ती विश्वकर्माले उम्मेद्वारी दर्ता गरएका छन्।

निर्वाचनका लागि गठित जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। निर्वाचन कार्यक्रम अन्तर्गत आज (चैत १०) गते उम्मेदवारको दरखास्त फारम दर्ता बिहान साढे ८ बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाश दिउँसो १ बजे, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो १ बजेदेखि साढे १ बजेसम्म, उजुरीउपर छानवीज र निणर्य दिउँसो साढे १ बजेदेखि २ बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म रहेको छ।

यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै बेलुका ८ बजे, मतदान चैत ११ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ। अधिवेशनका लागि जिल्लाभरबाट ४९५ प्रतिनिधि सहभागी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]

मलेसिया – गैर आवासीय नेपाली संघ (NRNA) राज्य समिति मलकाले मलेसियास्थित नेपाली राजदूतावाससँगको सहकार्यमा १४ डिसेम्बर २०२५ मा मलका राज्यमा कन्सुलर सेवा सञ्चालन गर्ने उद्देश्यले गत नोभेम्बर ६ मा प्रारम्भिक सूचना जारी गरेको थियो । उक्त सूचनामार्फत नयाँ पासपोर्ट बनाउन वा पुरानो पासपोर्ट नवीकरण गर्नुपर्ने नेपालीहरूलाई अग्रिम सम्पर्कमा आई नाम दर्ता गर्न अनुरोध गरिएको थियो […]