२३ जेठ २०८३, शनिबार
06-06-2026 , Sat
×

एमाले सुर्खेत : सहमति हुन नसकेपछि चुनावी मैदानमा देवकोटा र बिसी

Logo
हिरोनेपाल प्रकाशित शनिबार, चैत्र १०, २०८०

सुर्खेत । नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि प्यानल नै खडा गरेर उम्मेद्वारी दर्ता गरिएको छ। नयाँ नेतृत्वका लागि नवौँ अधिवेशन बिहीबारदेखि शुरु गरिएको हो। तर सहमतिको प्रयास सम्भव नभएपछि निर्वाचन कार्यतालिकाअनुसार नयाँ नेतृत्व छान्न उम्मेद्वारी दर्ता गरिएको हो।

अधिवेशनको उद्घाटन गर्न सुर्खेत आएका एमाले महासचिव शंकर पोखरेलले नयाँ नेतृत्व छनोटका लागि सर्वसम्मत गर्न निर्देशन दिएर फर्किएका थिए। तर, प्रदेश राजधानीको जिल्ला सुर्खेत भएकाले नेताहरुले प्रतिष्ठाको विषय बनाएर अन्तत चुनावी मैदानमा होमिएका छन्।

जसमा अध्यक्ष पदका लागि अमृतबहादुर बिसी र कुलमणी देवकोटाले उम्मेदवारी दर्ता गरिसकेका छन्।

देवकोटा टिममा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव खुलामा अझै टुंगा लाग्न सकेको छैन । उप–सचिव महिलाबाट सुशील विश्वकर्माले उम्मेद्वारी दर्ता गराएकी छन्।

उपध्याक्ष पदका उम्मेदवार बडुवाल यसअघि पार्टी विभाजनहुँदा समाजवादीतर्फ लागेर सुर्खेत जिल्ला अध्यक्ष थिए। समाजवादीबाट एमालेमा समायोज भएका बडुवाल एमाले सुर्खेत पश्चिमका प्रभावशाली नेताका रुपमा चिनिन्छन् । यसो त पार्टी विभाजन नहुनु अघि बडुवाल एमाले सुर्खेतको सचिव थिए।

यस्तै, एक कार्यकाल अध्यक्ष भइसकेका बिसी आठौँ अधिवेशनमा यामलाल कँडेलकै पक्षबाट उम्मेदवार बनेर जितेका थिए। बिसी पुनः दोहोरिँदा उनको टिमबाट उपाध्यक्ष ताराकेशर गौतम, सचिवमा डण्डिप्रसाद शर्माले उम्मेद्वारी दर्ता गराएका छन्। उप–सचिवद्वयमा भने खुलातर्फ हरि अधिकारी र महिलमतर्फ तृप्ती विश्वकर्माले उम्मेद्वारी दर्ता गरएका छन्।

निर्वाचनका लागि गठित जिल्ला निर्वाचन कमिटीले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। निर्वाचन कार्यक्रम अन्तर्गत आज (चैत १०) गते उम्मेदवारको दरखास्त फारम दर्ता बिहान साढे ८ बजेदेखि ११ बजेसम्म, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाश दिउँसो १ बजे, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो १ बजेदेखि साढे १ बजेसम्म, उजुरीउपर छानवीज र निणर्य दिउँसो साढे १ बजेदेखि २ बजेसम्म, उम्मेदवारको नामावली पुनः प्रकाशन दिउँसो २ बजे, उम्मेदवारको नाम फिर्ता दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म रहेको छ।

यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै बेलुका ८ बजे, मतदान चैत ११ गते बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म, मतगणना मतदान सम्पन्न भए पश्चाप गरिने निर्वाचन कमिटीले जनाएको छ। अधिवेशनका लागि जिल्लाभरबाट ४९५ प्रतिनिधि सहभागी छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै पहिलोपटक परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा राजदूत नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। मन्त्रालयले सात पृष्ठ लामो ‘टर्म्स अफ रेफरेन्स : एम्बेसडर अफ नेपाल’ जारी गर्दै चीन, अमेरिका र भारतलगायत १३ वटा देशका लागि योग्य र दक्ष नेपाली नागरिकबाट खुला आवेदन मागेको हो। इच्छुक उम्मेदवारहरूले आगामी २०८३ जेठ २२ गतेभित्र […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको हिंसात्मक प्रदर्शन नियन्त्रण गर्न नसकेको ठहर गर्दै ‘हामी नेपाल’ नामक संस्थाका सञ्चालक तथा पूर्वगृहमन्त्री सुधन गुरुङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ। शान्तिपूर्ण प्रदर्शन गर्ने भन्दै प्रशासनबाट अनुमति लिइएको भए पनि प्रदर्शन क्रमशः हिंसात्मक बन्दै जाँदा गुरुङलगायत आयोजकहरूले त्यसलाई नियन्त्रण गर्न नसकेको आयोगले […]

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाबाट कमजोरी भएको ठहर गरेको छ। जेनजी आन्दोलनका क्रममा भएका मानव अधिकार हननसम्बन्धी घटनाको अनुसन्धानपछि आयोगले बुधबार सार्वजनिक गरेको सिफारिस प्रतिवेदनमा उक्त निष्कर्ष उल्लेख गरिएको हो। प्रतिवेदनमा भनिएको छ, “अनुसन्धानका क्रममा संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा भदौ २३ […]