०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ ।

विहीबार बिहान ३/४ बजेतिर उनीहरु सवार बा-१-०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् भने चारजनाको उपचार भैरहेको छ । सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन् । उपचाररत एकजनाको अवस्था गम्भीर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]