०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नेपाली चलचित्र “बद्री बहादुर’को प्रचारमा कपिल शर्माको प्रयोग

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र ०९, २०८०

काठमाडौँ । नेपाली फिल्मकर्मी आफ्नो फिल्मको प्रचारमा विभिन्न लफडा गर्न माहिर छन् । अझ निर्देशक शोभित बस्नेत यस्तो कुरोमा पहिलाे नम्मरमा छन । उनी निर्देशित पछिल्लो फिल्म हो ‘बद्री बहादुर’ । ‘बद्री बहादुर’को प्रचारमा बस्नेत अहिले कपिल शर्माको प्रयोग गरिरहेका छन् ।

बस्नेत केही अगाडि मुम्बई गएका थिए । सो क्रममा ‘कमेडी नाइट्स विथ कपिल’को सेटमा पुगेर कपिल शर्मालाई भेटेका उनले शर्मासँग आफ्नो फिल्मको शुभ–कामना भिडियो समेत बनाएका थिए ।

उक्त भिडियो अहिले फिल्मको ट्रेलरमा समेत राखिएको छ । जुन ट्रेलर बिहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको थियो । ट्रेलरमा मात्र होइन, बस्नेतले कपिलको फोटो फिल्मको पोस्टरमा पनि राखेका छन् ।

फिल्म ‘बद्री बहादुर’सँग कपिल कुनै कोणबाट पनि जोडिएको छैनन् । तर निर्माण युनिट भने प्रचारमा उनको तस्बिर र भिडियो प्रयोग गरिरहेका छन् । फिल्मको प्रचारमा कपिल शर्मालाई प्रयोग गर्नु कतिपयले दुरुपयोग भनेका छन्, भने कतिपय मौकामा चौका भन्छन् ।

फिल्म आगामी २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा जयकिशन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जङ्ग बस्नेत, धिरेन शाक्य, वर्षा चौलागाईं लगायतका कलाकारको अभिनय छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्ममा विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]