०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

“पिएनसीसी” मलेसि´याको सहयोगमा ५ जना स्वदेश फिर्ता ।

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, चैत्र ०८, २०८०

मलेसिया ।  प्रवासी नेपाली समन्वय समिति (पि एन सी सी) को समन्वयमा मलेसियामा बिचल्ली परेका ५ जना स्वदेश फिर्ता  भएको छ।

बिगत लामो समय देखि काम बिहिन भएर सडकमा बास भएका नेपालीहरुको उद्वार गर्ने क्रममा पि एन सी सी मलेसियाले पहिलो चरणमा ५ जना लाई स्वदेश फिर्ता पठाएको छ।  स्वदेश फर्किनेहरुमा नवलपुरका दिनेश फेवाली मगर,तेह्रथुमका बाबुराम लिम्बू,लम्जुङका कर्णबहादुर गुरुङ,सुन्सरीका बिष्णु बहादुर मगर,कैलालिका डग राम चौधरी रहेका छन।

जस मध्य दिनेश फेवाली मगरलाई नेपाल मगर संघ मलेसियाले अध्यागमनमा लाग्ने कम्पाउन सहयो गरेको थियो भने पि एन सि सि ले टिकटको ब्यवस्था गरेको थियो। त्यस्तै बाबुराम लिम्बूलाई तेह्रथुम मञ्च  मलेसियाले कम्पाउन र प्रवासी नेपाली मञ्च मलेसियाले टिकट सहयोग गरेको थियो।

त्यस्तै कर्ण बहादुर गुरुङलाई भने सबै खर्च तमु समाज मलेसियाले बेहोरिएको छ भने डग राम चौधरी लाई थारु कल्याणकारी सभा मलेसियाले हवाई टिकट र रास्वपा प्रबास बिभाग मलेसियाले कम्पाउनको ब्यबस्थापन गरिएको छ भने बिष्णु बहादुर मगरलाई लाग्ने खर्छ पि एन सी सी मलेसियाले बेहोरीएको  पि एन सीसी मलेसिया प्रतिनिधि पुर्ण लिम्बुले जानकारी गराए।

त्यस्तै उद्वार पछि घर फर्किनेहरुलाई पि एन सी सी मलेसियाले सबै खाना खर्च बेहोरीएको थियो भने गैर आवासीय नेपाली संघ मलेसियाले सेल्टर हाउस उपलब्ध गराउदै बस्ने ठाउँको ब्यबस्थापन गरेका थिए भने घर नेपाली राजदुतावास मलेसियाले घर फर्किने सबै जनाको पासपोर्ट कम्पनीमा रहेको र कम्पनी सँग समन्वय गरि पासपोर्ट उपलब्ध गराई सहयोग गरेका थिए।

त्यस्तै उद्वार पछि घर जाने ५ जनालाई खादा लगाउदै बिदाई गर्न प्रवासी नेपाली मञ्चका बरिस्ठ उपाध्यक्ष जीवन देवान गाउले,समाज सेवी पदम लिम्बू,पि एन सी सी प्रतिनिधि पुर्ण लिम्बू उपस्थितिमा बिदाई गरेका थिए भने पीडितहरुले सडकबाट उठाएर स्वदेश फर्काईएकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]