२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

“पिएनसीसी” मलेसि´याको सहयोगमा ५ जना स्वदेश फिर्ता ।

Logo
कृष्ण गुप्ता प्रकाशित बिहिबार, चैत्र ०८, २०८०

मलेसिया ।  प्रवासी नेपाली समन्वय समिति (पि एन सी सी) को समन्वयमा मलेसियामा बिचल्ली परेका ५ जना स्वदेश फिर्ता  भएको छ।

बिगत लामो समय देखि काम बिहिन भएर सडकमा बास भएका नेपालीहरुको उद्वार गर्ने क्रममा पि एन सी सी मलेसियाले पहिलो चरणमा ५ जना लाई स्वदेश फिर्ता पठाएको छ।  स्वदेश फर्किनेहरुमा नवलपुरका दिनेश फेवाली मगर,तेह्रथुमका बाबुराम लिम्बू,लम्जुङका कर्णबहादुर गुरुङ,सुन्सरीका बिष्णु बहादुर मगर,कैलालिका डग राम चौधरी रहेका छन।

जस मध्य दिनेश फेवाली मगरलाई नेपाल मगर संघ मलेसियाले अध्यागमनमा लाग्ने कम्पाउन सहयो गरेको थियो भने पि एन सि सि ले टिकटको ब्यवस्था गरेको थियो। त्यस्तै बाबुराम लिम्बूलाई तेह्रथुम मञ्च  मलेसियाले कम्पाउन र प्रवासी नेपाली मञ्च मलेसियाले टिकट सहयोग गरेको थियो।

त्यस्तै कर्ण बहादुर गुरुङलाई भने सबै खर्च तमु समाज मलेसियाले बेहोरिएको छ भने डग राम चौधरी लाई थारु कल्याणकारी सभा मलेसियाले हवाई टिकट र रास्वपा प्रबास बिभाग मलेसियाले कम्पाउनको ब्यबस्थापन गरिएको छ भने बिष्णु बहादुर मगरलाई लाग्ने खर्छ पि एन सी सी मलेसियाले बेहोरीएको  पि एन सीसी मलेसिया प्रतिनिधि पुर्ण लिम्बुले जानकारी गराए।

त्यस्तै उद्वार पछि घर फर्किनेहरुलाई पि एन सी सी मलेसियाले सबै खाना खर्च बेहोरीएको थियो भने गैर आवासीय नेपाली संघ मलेसियाले सेल्टर हाउस उपलब्ध गराउदै बस्ने ठाउँको ब्यबस्थापन गरेका थिए भने घर नेपाली राजदुतावास मलेसियाले घर फर्किने सबै जनाको पासपोर्ट कम्पनीमा रहेको र कम्पनी सँग समन्वय गरि पासपोर्ट उपलब्ध गराई सहयोग गरेका थिए।

त्यस्तै उद्वार पछि घर जाने ५ जनालाई खादा लगाउदै बिदाई गर्न प्रवासी नेपाली मञ्चका बरिस्ठ उपाध्यक्ष जीवन देवान गाउले,समाज सेवी पदम लिम्बू,पि एन सी सी प्रतिनिधि पुर्ण लिम्बू उपस्थितिमा बिदाई गरेका थिए भने पीडितहरुले सडकबाट उठाएर स्वदेश फर्काईएकोमा सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]