३० जेठ २०८३, शनिबार
13-06-2026 , Sat
×

राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र ०८, २०८०

काठमाडौँ। राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ। आयोजक नेपाल भेटेरिनरी संघका संयोजकले प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने जानकारी दिएकाे छ।

शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ।

हाफ म्याराथनको पुरुषमा १ हजार २६६ र महिलामा १८२ खेलाडी दौड्ने छन्। पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १६६ खेलाडी सहभागी हुने छन्।

कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७९२ र महिला ३ किलोमिटर दौडमा ४ ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी सहभागी हुने छन्। सबै विधामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३३३ रुपैयाँ ३३ पैसा (२५ प्रतिशत करसहित) रहेको छ।

हाफ म्याराथनको पुरुष/महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन्। पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौं स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन्।

कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँले २ हजार ५ सय नगद पुरस्कार पाउने छन्। बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार जित्ने छन्। उपरोक्त आठै विधाको नगद पुरस्कार करबाहेकको हो।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेस्रो संस्करण हो। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरू भई पुनः दशरथ रंगशालामै आएर टुंगिने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । अनलाइनबाटै नेपाल र भारतबिच व्यक्तिगत रूपमा रकम ट्रान्सफर गर्न सकिने सेवा सुरु भएको छ । निश्चित बैङ्क तथा वित्तीय संस्थाहरूबाट यो सेवा सञ्चालनमा आएको हो । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का अनुसार हाल ९/१० वटा मुख्य कमर्सियल बैङ्कहरूले आफ्ना ग्राहकलाई यस्तो सेवा उपलब्ध गराउन थालिसकेका छन् । ग्राहकले सम्बन्धित बैङ्कको मोबाइल बैङ्किङ […]

गएराति महोत्तरीको सोनमा गाउँपालिका-३ खखना निवासी राम विश्वास यादवको घरमा आएका डाकाहरूले चलाएको गोली लागेर यादवका छोरीज्वाइँ गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार ५/६ जनाको समूहका डाँकाले गोली प्रहार गर्दा रामविश्वासका ज्वाईं २७ वर्षीय ईश्वर यादव र छोरी २२ वर्षीया किरण यादव घाइते भएका छन्। गोली लागेर गम्भीर […]

दैलेख — दैलेखमा बाबुले खुर्पा (हँसिया) प्रहार गरेर आफ्नै छोराको हत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार नारायण नगरपालिका–९ सालखर्क निवासी ७१ वर्षीय कम्बिराज थापाले मदिरा सेवनपछि भएको सामान्य विवादका क्रममा आफ्ना ४६ वर्षीय छोरा यादव थापामाथि खुर्पा प्रहार गरेका हुन्। गएराति करिब ११ बजेतिर भएको उक्त घटनामा गम्भीर घाइते भएका यादव थापालाई उपचारका […]