२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र ०८, २०८०

काठमाडौँ। राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ। आयोजक नेपाल भेटेरिनरी संघका संयोजकले प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने जानकारी दिएकाे छ।

शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ।

हाफ म्याराथनको पुरुषमा १ हजार २६६ र महिलामा १८२ खेलाडी दौड्ने छन्। पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १६६ खेलाडी सहभागी हुने छन्।

कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७९२ र महिला ३ किलोमिटर दौडमा ४ ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी सहभागी हुने छन्। सबै विधामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३३३ रुपैयाँ ३३ पैसा (२५ प्रतिशत करसहित) रहेको छ।

हाफ म्याराथनको पुरुष/महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन्। पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौं स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन्।

कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँले २ हजार ५ सय नगद पुरस्कार पाउने छन्। बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार जित्ने छन्। उपरोक्त आठै विधाको नगद पुरस्कार करबाहेकको हो।

प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेस्रो संस्करण हो। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरू भई पुनः दशरथ रंगशालामै आएर टुंगिने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]