२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

बैतडीमा कोदालो प्रहारबाट एकजनाको मृत्यु

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र ०८, २०८०

बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।

जिल्लाको डिलाशैनी गाउँपालिका–७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो।

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको उपचारको लागि स्थानीय स्वास्थ्यचौकीमा पुर्याउँदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

यस्तै गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका–९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई हेलिकप्टरबाट उद्धार गरिएको छ।

कलौनी र भट्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ।

आज बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरेको जनाइएको छ।

किसनले कोदालो प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन। कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]