०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम आजदेखि फेरि शुरु हुने

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

काठमाण्डौ   :  एक महिनादेखि ठप्प भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम आजदेखि फेरि शुरु हुने भएको छ ।

विभिन्न माग राख्दै स्थानीयबासिन्दाले सुरुङमार्ग निर्माणको काम रोकेका थिए । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र स्थानीयबासिन्दाबीच मन्त्रालयमा भएको वार्तामा सहमति भएपछि आजदेखि सुरुङको काम शुरु हुने भएको हो ।

हिजोको वार्तामा मन्त्रालय र स्थानीयबीच ९ बुँदे मौखिक सहमति भएको र आज आधिकारिक रुपमा सहमतिपत्रमा हस्ताक्षर भएपछि काम अघि बढ्ने चन्द्रागिरि नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठले जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिका–२ का स्थानीयबासिन्दाले उठाउँदै आएको मुख्य माग खानेपानीको व्यवस्था गरिदिने, आयोजना निर्माणपछि सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारीमा प्राथमिकता दिनेलगायत सहमति भएको छ ।

सुरुङ खन्न १४ मिटर मात्र बाँकी छँदा स्थानीयले गएको फागुन ६ गतेदेखि आयोजना शुरु हुँदैदेखिका माग निकालेर काम ठप्प पारेका थिए ।

गएको फागुन २३ मा सुरुङ छिचोल्ने तयारी थियो । तर काम ठप्प भएपछि सुरुङ छिचोल्ने समय अनिश्चित बनेको थियो । अब काम थालेको एक हप्ताभित्र सुरुङ छिचोल्न सकिने आयोजनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]