०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम आजदेखि फेरि शुरु हुने

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

काठमाण्डौ   :  एक महिनादेखि ठप्प भएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको काम आजदेखि फेरि शुरु हुने भएको छ ।

विभिन्न माग राख्दै स्थानीयबासिन्दाले सुरुङमार्ग निर्माणको काम रोकेका थिए । हिजो भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र स्थानीयबासिन्दाबीच मन्त्रालयमा भएको वार्तामा सहमति भएपछि आजदेखि सुरुङको काम शुरु हुने भएको हो ।

हिजोको वार्तामा मन्त्रालय र स्थानीयबीच ९ बुँदे मौखिक सहमति भएको र आज आधिकारिक रुपमा सहमतिपत्रमा हस्ताक्षर भएपछि काम अघि बढ्ने चन्द्रागिरि नगरपालिकाकी उपमेयर बसन्ती श्रेष्ठले जानकारी दिनुभयो । चन्द्रागिरि नगरपालिका–२ का स्थानीयबासिन्दाले उठाउँदै आएको मुख्य माग खानेपानीको व्यवस्था गरिदिने, आयोजना निर्माणपछि सुरुङमार्ग सञ्चालनमा स्थानीय पीडितलाई योग्यता र क्षमताका आधारमा रोजगारीमा प्राथमिकता दिनेलगायत सहमति भएको छ ।

सुरुङ खन्न १४ मिटर मात्र बाँकी छँदा स्थानीयले गएको फागुन ६ गतेदेखि आयोजना शुरु हुँदैदेखिका माग निकालेर काम ठप्प पारेका थिए ।

गएको फागुन २३ मा सुरुङ छिचोल्ने तयारी थियो । तर काम ठप्प भएपछि सुरुङ छिचोल्ने समय अनिश्चित बनेको थियो । अब काम थालेको एक हप्ताभित्र सुरुङ छिचोल्न सकिने आयोजनाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]