०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

विराटनगर । इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपीएफ र साबिक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

आयोजक राष्ट्रिय जागृति क्लब इटहरीका अनुसार प्रतियोगिता चैत १९ गतेसम्म हुनेछ। इटहरी रंगशालामा हुने खेलहरु फ्लड लाइटको प्रयोग गरी रातकाेस मयमा समेत  खेल हुने जनाइएको छ।

प्रतियोगितामा भारतीय एक टोलीसहित ८ वटा टोलीले सहभागिता जनाउने निश्चित भएको छ। दोस्रो दिन आयोजक राष्ट्रिय जागृति क्लब र भारतको कञ्चनजंगा फुटबल क्लबबीच खेल हुनेछ।

यस्तै, तेस्रो दिन चैत १२ गते विभागीय टोली त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुनेछ। चैत १३ गते चर्च ब्वाइज युनाइटेड र न्यूरोड टोली एनआरटीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका संयोजक अनुरोध थापाका अनुसार प्रतियोगिताको उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ भने सर्वाधिक गोलकर्ताले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ पाउने छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]