०९ आश्विन २०८३, शुक्रबार
25-09-2026 , Fri
×

ग्यालेक्सी फोरके टिभीका सञ्चालक जिबी राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी

Logo
HeroNepal-tv प्रकाशित सोमबार, भाद्र २५, २०८०

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईसहित ७ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालक हुन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला अदालत कास्कीबाट पूर्वअध्यक्ष जिबी राईसहित सात जनाविरूद्ध पक्राउ अनुमति लिएको प्रहरी स्रोतले जानकारी दियो। बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको र रकम फिर्ता नगरेको आरोप उनीहरूमाथि छ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सहकारीका सञ्चालक समितिका पदाधिकारीहरूविरूद्ध ९७१ जनाले जाहेरी दिएको डिएसपी श्रवणकुमार विकले जानकारी दिए।

साउन ३२ गते कार्यालयले उक्त सहकारीका पदाधिकारीविरूद्ध भदौ १५ गतेभित्र जाहेरी दिन सार्वजनिक सूचना नै जारी गरेको थियो।

निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेर फरार रहेको भन्दै पीडितहरू प्रहरीकहाँ पुगेका हुन्।

पीडितहरूले सहकारी ऐन शीर्षकमा जाहेरी दिएका हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]