२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

भाईकाे निधनले शाेकमारहेका महरा भारत हैन, पुण्यतिथिमा राेल्पा जाँदै थिए ।

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

कामाण्डाै:  केन्द्रीय राजनीतिमा भद्र एंव शालिन छवि बनाएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार बिहान पक्राउ परेका छन्। रूपन्देही देखि उनिल सुन तस्करी प्रकरणमा कपिलवस्तुकाे पकडीबाट पक्राउ परेका हुन।

नेपाली सञ्चार माध्यममा महरा पक्राउ परेको खबर ‘हटकेक’ बन्यो। कतिपयले ‘महरा भागेर भारत जानैलाग्दा पक्राउ’ परेको लेखे। कतिपयले ‘महराले गाडी नरोकेपछि सडकमै ब्यारिकेड खडा गरेर पक्राउ गरियो’ भन्नेसम्म लेखे। अनि कतिपयले ‘महरा दाङ हुँदै राेल्पा जाँदा पक्राउ’ परेको लेखे।

तर वास्तविकता भने विल्कुल फरक थियो। खासमा महरा न भारत जाँदै थिए, न भाग्दै थिए। उनी भालुवाङ हुँदै रोल्पा जाँदै थिए। त्याे पनि रुइनिवाङ हुँदै राेल्पाकाे सुनछहरी गाउँपालिका। पारिवारिक स्राेतका अनुसार उनी एक आफन्तको १३ दिने पुण्यतिथिमा राेल्पा जाँदै थिए। उनले यो कुरा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी गराइसकेका थिए।

पूर्वसभामुख महराले प्रचण्डलाई आफू साेमबार रोल्पा जान लागेको र बुधबार साँझ काठमाडौँ फर्किसक्ने बताएका थिए।

पारिवारिक सल्लाहअनुसार नै महरा रोल्पा जान लागेको छोरी प्रगति महरा बताउछिन । उनले भनिन्, ‘सानोबुबाको निधन भएको छ। बुबाको पिएसओ अस्ति नै सुनछहरी पुगिसके। बुबा आज जाँदै हुनुहुन्थ्यो। तर योजनाबद्ध ढंगले उहाँलाई बाटोमै समातियो।’

गृहमन्त्री रवि लामिछानेले स्टन्ट देखाएर सस्तो लोकप्रियता कमाउन महरालाई योजनाबद्ध ढंगले पक्राउ गर्न लगाएको प्रगतिको घुमाउरो आरोप छ।

‘सुन तस्करीमा बयान लिन समातियो भनिएको छ। तर बयान लिनकै लागि हो भने एक पटक फोन वा कुनै पत्र काटेर जानकारी दिन सकिन्थ्यो। यसअघि पनि त बुबाले आफैँ गएर बयान दिनुभएको हो,’ उनले भनिन्, ‘अहिले सस्तो लोकप्रियता कमाउन योजनाबद्ध ढंगले पक्राउ गरिएको हो, यो स्पष्ट छ। जब कि बुबाले प्रचण्डलाई आफू रोल्पा जान लागेको बताइसक्नुभएको थियो।’

पारिवारिक शोकमा रहेको बेला मानवीय संवेदनामाथि दुर्व्यवहार गर्नु ठीक नभएको छाेरी प्रगतिको तर्क छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]