०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

भाईकाे निधनले शाेकमारहेका महरा भारत हैन, पुण्यतिथिमा राेल्पा जाँदै थिए ।

Logo
HeroNepal-tv प्रकाशित मंगलबार, चैत्र ०६, २०८०

कामाण्डाै:  केन्द्रीय राजनीतिमा भद्र एंव शालिन छवि बनाएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार बिहान पक्राउ परेका छन्। रूपन्देही देखि उनिल सुन तस्करी प्रकरणमा कपिलवस्तुकाे पकडीबाट पक्राउ परेका हुन।

नेपाली सञ्चार माध्यममा महरा पक्राउ परेको खबर ‘हटकेक’ बन्यो। कतिपयले ‘महरा भागेर भारत जानैलाग्दा पक्राउ’ परेको लेखे। कतिपयले ‘महराले गाडी नरोकेपछि सडकमै ब्यारिकेड खडा गरेर पक्राउ गरियो’ भन्नेसम्म लेखे। अनि कतिपयले ‘महरा दाङ हुँदै राेल्पा जाँदा पक्राउ’ परेको लेखे।

तर वास्तविकता भने विल्कुल फरक थियो। खासमा महरा न भारत जाँदै थिए, न भाग्दै थिए। उनी भालुवाङ हुँदै रोल्पा जाँदै थिए। त्याे पनि रुइनिवाङ हुँदै राेल्पाकाे सुनछहरी गाउँपालिका। पारिवारिक स्राेतका अनुसार उनी एक आफन्तको १३ दिने पुण्यतिथिमा राेल्पा जाँदै थिए। उनले यो कुरा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि जानकारी गराइसकेका थिए।

पूर्वसभामुख महराले प्रचण्डलाई आफू साेमबार रोल्पा जान लागेको र बुधबार साँझ काठमाडौँ फर्किसक्ने बताएका थिए।

पारिवारिक सल्लाहअनुसार नै महरा रोल्पा जान लागेको छोरी प्रगति महरा बताउछिन । उनले भनिन्, ‘सानोबुबाको निधन भएको छ। बुबाको पिएसओ अस्ति नै सुनछहरी पुगिसके। बुबा आज जाँदै हुनुहुन्थ्यो। तर योजनाबद्ध ढंगले उहाँलाई बाटोमै समातियो।’

गृहमन्त्री रवि लामिछानेले स्टन्ट देखाएर सस्तो लोकप्रियता कमाउन महरालाई योजनाबद्ध ढंगले पक्राउ गर्न लगाएको प्रगतिको घुमाउरो आरोप छ।

‘सुन तस्करीमा बयान लिन समातियो भनिएको छ। तर बयान लिनकै लागि हो भने एक पटक फोन वा कुनै पत्र काटेर जानकारी दिन सकिन्थ्यो। यसअघि पनि त बुबाले आफैँ गएर बयान दिनुभएको हो,’ उनले भनिन्, ‘अहिले सस्तो लोकप्रियता कमाउन योजनाबद्ध ढंगले पक्राउ गरिएको हो, यो स्पष्ट छ। जब कि बुबाले प्रचण्डलाई आफू रोल्पा जान लागेको बताइसक्नुभएको थियो।’

पारिवारिक शोकमा रहेको बेला मानवीय संवेदनामाथि दुर्व्यवहार गर्नु ठीक नभएको छाेरी प्रगतिको तर्क छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]