०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

सुन तस्करी प्रकरणमा जोडिएका माओवादीका उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीले दिए निर्देशन

Logo
HeroNepal-tv प्रकाशित आइतबार, चैत्र ०४, २०८०

काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कानुनी कारबाही शुरु गर्न निर्देशन दिनुभएको छ ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर गृहमन्त्री लामिछानेले छानबिन आयोगको राय सिफारिसअनुसार महरालाई मुद्दा चलाउन र थप अनुसन्धान गरेर कानुनी कारबाही गर्न निर्देशन दिनुभएको हो ।

महराका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । तस्करसँग कैयौँ पटक कृष्णबहादुर महराले पनि टेलिफोनमा कुराकानी गरेको प्रमाण प्रहरीसँग सुरक्षित रहेको छ । प्रहरीले यसअघि महरासँग बयानसमेत लिएको थियो ।

यसैबीच गृहमन्त्री लामिछानेले बाँसबारी जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीसँग पनि बयान लिन सीआईबीलाई निर्देशन दिनुभएको छ । गृहमन्त्री लामिछानेले गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबीका प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर जग्गा हिनामिनामा जुनसुकै तहका व्यक्ति मुछिए पनि कारबाही गर्न निर्देशन दिँदै विनोद चौधरीको पनि बयान लिन र छानबिन गर्न निर्देशन दिनुभएको हो ।

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहत ल्याउने प्रक्रिया आजै शुरु गर्न पनि निर्देशन दिनुभएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा यसअघि विनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेर छुट्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]