०९ माघ २०८२, बिहिबार
22-01-2026 , Thu
×

रञ्जना युनिकोड नेपाली फन्ट सार्वजनिक

Logo
HeroNepal-tv प्रकाशित शनिबार, चैत्र ०३, २०८०

काठमाडौं : रञ्जना युनिकोड फन्ट सार्वजनिक भएको छ । शनिबार राजधानीमा एक कार्यक्रम गर्दै क्यालिजात्रा फाउन्डेसनले नित्या रञ्जना फन्टको युनिकोड भर्सन सार्वजनिक गरेको हो ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा रञ्जना लिपिको इतिहास, वर्तमान र भविष्यको बारेमा छलफल भएको थियो । आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न “रञ्जना युनिकोड फन्ट” विकास गरिएको फन्ट डेभलपर एवं क्यालिजात्रा फाउन्डेसनका अध्यक्ष आनन्दकुमार महर्जनले बताए ।

“समग्र नेपालको पहिचान बोकेको प्रचलित भाषा, लिपि, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदा, विश्वव्यापिकरण र पश्चिमेली सभ्यताको बढ्दो अवलम्बनका कारण लोपोन्मुख अवस्थामा पुगेको छ,” उनले भने, “यसै कारण ऐतिहासिक कालखण्डदेखि इण्डो आर्यन, मंगोल र भोट बर्मन जातिको इतिहास, अस्तित्व र पहिचान बोकेको रञ्जना लिपिसमेत ओझेलमा पर्दै गएको छ ।”

यो अत्यन्तै संवेदनशील विषयलाई मध्यनजर गर्दै क्यालिजात्रा फाउण्डेसनले विगतका केही समयदेखि डिजिटल संस्करणमा यो फन्ट ल्याएको बताए ।

आजको आधुनिक युगमा लिपिको संरक्षण र प्रवर्द्धन गर्न डिजिटल मार्केटमा प्रवेश गर्नुपर्ने आवश्यकता र सोको सम्बोधन गर्न डिजिटल फन्टको विकास गरिएको उनले सुनाए ।

यो फन्ट क्यालिजात्रा फाउण्डेसन र भारतको प्रतिष्ठित फन्ट डिजाइन कम्पनी एक टाइपका मुख्य फन्ट डेभलपर तथागत विश्वास, शारङ्ग कुलकर्णी, नूपुर दात्ये र आनन्द कुमार महर्जनको टोलीले विकास गरेको हो ।

रञ्जना लिपि विशेषज्ञ समेत रहेका आनन्दकुमार महर्जनले नियमित सल्लाह सुझाव, मार्गनिर्देशन, समीक्षा तथा आवश्यक स्रोत साधनहरू प्रदान गर्दै आएका थिए । यो रञ्जना युनिकोड फन्ट विश्वभरका प्रयोगकर्ताका लागि निःशुल्क उपलब्ध गराइएको छ । र, यो देवनागरी युनिकोडका साथै नेवा युनिकोडमा पनि उपलब्ध भएको छ । यो फन्ट प्रिन्टिङ र वेबका लागि प्रयोग गर्न सकिनेछ ।

आयोजकका अनुसार यो फन्ट पुराना उपलब्ध नेवा फन्टहरू भन्दा कलात्मक र प्राविधिक रूपमा सुधारिएको छ । त्यसैले रञ्जना लिपिलाई प्रर्वद्धन गर्न र सही रूपमा प्रयोग बढाउन सकिने आयोजकको विश्वास छ । सरकारी संस्था, नेवा समुदाय, बौद्ध समुदाय, गैरनेवार, विद्यालय, कलेज, डिजाइन हाउस, यो सजिलो फन्टको प्रयोगबाट लाभान्वित हुने आयोजक टोलीको भनाइ छ ।

कार्यक्रममा नित्या रञ्जना लिपि समावेश भएको नेवा लिपि एपको अपडेटेड भर्सन पनि सार्वजनिक गरिएको छ । प्रयोगकर्ताले यहाँ क्लिक गरी एप डाउनलोड गर्न सक्नेछन् । एप डाउनलोड गरिसकेपछि देवनागरी किबोर्ड लेखेको बक्समा युनिकोड देवनागरी टाइप गर्नुपर्ने हुन्छ । त्यसपछि तल रञ्जना लिपिको शब्द देखिन्छ । उक्त शब्दलाई फोटोका रूपमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।

त्यस्तै यहाँ क्लिक गरी गिटहबको पेजमा गएर पनि यो फन्ट डाउनलोड गर्न सकिन्छ । यो फन्ट फोटोशप, प्रिमियर प्रो, वर्ड जहाँ पनि प्रयोग गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

म्याग्दी । म्याग्दी जिल्लामा आधुनिक भलिबल कभर्ड हल निर्माण गर्ने उद्देश्यसहित म्याग्दी जिल्ला भलिबल संघले जग्गा खरिदका लागि आर्थिक सहयोग संकलन अभियान सुरु गरेको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय अभियानअनुसार संघले दीर्घकालीन खेल पूर्वाधार विकासलाई लक्ष्य बनाएको जनाएको छ। भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरका खेलाडी तयार पार्ने उद्देश्यले […]

क्वालालम्पुर (मलेसिया) — नेपाली जनसम्पर्क समिति मलेसियाको चौथो राष्ट्रिय अधिवेशन आइतबार भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यतामा क्वालालम्पुरस्थित होटेल ग्रान्ड कन्टिनेण्टलमा सम्पन्न भएको हो। समितिका अध्यक्ष चोलाकान्त पंगेनीको सभाअध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली राजदूतावास क्वालालम्पुर, मलेसियाका प्रथम सचिव सुसिल […]

कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो। परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यस मानवीय र उदार निर्णयप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार यो कदम नेपाल–कतारबीचको प्रगाढ मित्रता […]