०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्ती आगलागीले सखाप

Logo
HeroNepal-tv प्रकाशित शनिबार, चैत्र ०३, २०८०

काठमाण्डाै। मोरङको रङ्गेली–३ बाबुसाहेव टोलको सन्थाल बस्ती आगलागीले सखाप पारेकाे छ । उक्त टोलमा रहेका २२ वटा घर आगलागीका कारण जलेर नष्ट भएको स्थनिय  प्रहरीले जनाएको छ ।

आज दिउँसो दुई बजेतिर सुरु भएको आगलागी अहिले सम्म नियन्त्रण आइ नसकेको स्थानीयले बताएका छन् । टोलमा सन्थाल समुदायका बाक्ला घर थिए । पश्चिमबाट हावा पनि लागिरहेकोले आगो  नियन्त्रण गर्न नसकेको स्थानीय बताउँछन् । बाँस, सन्ठी र पराल मिलाएर, टाटीले बेरा लगाएका घरहरु बाक्लो अवस्थामा रहेको कारण आगो छिटो फैलिएको थियो ।

कानेपोखरी गाउँपालिका, रङ्गेली, बेलबारी, पथरीशनिश्चरे र सुन्दरहरैँचा नगरपालिका र विराटनगर महानगरका वारुणयन्त्र, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । क्षति विवरण भने अझै आइ सकेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]