२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सुक्रबार नेपाल,मलेसि´या विरुद्वकाे मैत्रीपूर्ण फुटबल खेलमा ४ गाेलले पराजित

Logo
HeroNepal-tv प्रकाशित शनिबार, चैत्र ०३, २०८०

मलेसिया ।  नेपालले  मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा  पराजत ब्यहाेरेकाे छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो ।

खेललाई ३५–३५ मिनेटमा विभाजन गरिएकाे  भने नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । मलेसियाका लागि डारेन लोकले २१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा पेनाल्टीमार्फत डारन लोकले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए ।

४६ औँ मिनेटमा मलेसियाका खेलाडि स्टुआर्ट विक्लनले गोल गर्दै अग्रता तेब्बर बनाए । ४८ औँ मिनेटमा डेनियल टिंङले मलेसियाका लागि चौथो गोल गरे । ६८ औँ मिनेटमा नेपालका समिर तामाङले गोल गर्दै अन्तर ४–१ मा झार्न सफल भए। १३५ औँ मिनेटमा मलेसियाका मुखारी अजमल महादीले गोल गर्दै ५–१ को जित हाँसिल गरे ।

नेपालि फुटबल टाेली  अब केही दिन मलेसियामै अभ्यास गरेर बहराइन जाने भएकाे छ । बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ । दशरथ रङ्गशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो । पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने समय तालिका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]