०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

सुक्रबार नेपाल,मलेसि´या विरुद्वकाे मैत्रीपूर्ण फुटबल खेलमा ४ गाेलले पराजित

Logo
HeroNepal-tv प्रकाशित शनिबार, चैत्र ०३, २०८०

मलेसिया ।  नेपालले  मलेसियाविरुद्धको अनौपचारिक मैत्रीपूर्ण फुटबलमा  पराजत ब्यहाेरेकाे छ । फिफा विश्वकपको छनोट खेल्ने तयारीमा रहेको नेपाली टोलीले शुक्रबार राति मलेसियासँग अनौपचारिक मैत्रीपूर्ण फुटबल खेल्दा ५–१ गोल अन्तरले पराजित भएको हो ।

खेललाई ३५–३५ मिनेटमा विभाजन गरिएकाे  भने नेपाली टोलीले १४० मिनेट प्रतिस्पर्धा गरेको थियो । मलेसियाका लागि डारेन लोकले २१ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । ३५ औँ मिनेटमा पेनाल्टीमार्फत डारन लोकले नै व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरेका थिए ।

४६ औँ मिनेटमा मलेसियाका खेलाडि स्टुआर्ट विक्लनले गोल गर्दै अग्रता तेब्बर बनाए । ४८ औँ मिनेटमा डेनियल टिंङले मलेसियाका लागि चौथो गोल गरे । ६८ औँ मिनेटमा नेपालका समिर तामाङले गोल गर्दै अन्तर ४–१ मा झार्न सफल भए। १३५ औँ मिनेटमा मलेसियाका मुखारी अजमल महादीले गोल गर्दै ५–१ को जित हाँसिल गरे ।

नेपालि फुटबल टाेली  अब केही दिन मलेसियामै अभ्यास गरेर बहराइन जाने भएकाे छ । बहराइनमा नेपालले फिफा विश्वकप छनोटको दुवै खेल खेल्ने छ । दशरथ रङ्गशाला खराब भएका कारण नेपालले दुवै खेल बहराइनमा खेल्न लागेको हो । पहिलो खेल चैत ८ र दोस्रो खेल चैत १३ गते हुने समय तालिका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]