०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्सको ह´त्या

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र ०२, २०८०

विराटनगर । नोबेल शिक्षण अस्पताल, विराटनगरमा कार्यरत स्टाफ नर्स २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको छ ।

शुक्रबार दिउँसाे विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा चन्द्रिकाकुमारीको शव विभत्स अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताएका छन् ।

चन्द्रिकाकुमारी डेरा बसेको घरको कोठामा हत्या गरेर शव शौचालयमा फालिएको अवस्थामा भेटिएको दाहालले बताएका छन् । चन्द्रिकाकुमारी दासको घर सिराहाको फुल्काहकट्टीमा पर्छ ।

उनी अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धिरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । चन्द्रिकाकुमारीको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट देखिएको प्रहरीले जनाएको छ ।

चन्द्रिकाकुमारीको हत्यामा संलग्नको खोजी भइरहेको डीएसपी दाहालले बताएका छन् । चन्द्रिकाकुमारी को हत्यामा प्रमीको संलग्नता भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]