०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

मलेसि`यामा नेपालले आज मलेसि´यासँग मैत्रीपूर्ण खेल खेल्दै ,खेलको प्रत्यक्ष प्रशारण नगरिने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग मलेसियाकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद्धको विश्वकप छनोट खेल उसैको घरेलु मैदानमा खेल्ने  छ ।

अखिल नेपाल फुटबल संघले दिएकाे जानकारी अनुसार, नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल बन्द रंगशालामा खेलिने छ । उक्त खेलमा दर्शकलाई प्रवेश दिइने छैन । उक्त मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण पनि गरिने छैन ।

अनौपचारिक अभ्यास खेल खेल्न मलेसिया पुगेको नेपाली टोलीमा खेलाडी र प्रशिक्षकका अतिरिक्त ठूलो सँख्यामा पदाधिकारीहरु पनि छन् । मलेसिया पुगेको नेपाली टोलीमा १० जना पदाधिकारी छन् ।

अनावश्यक रुपमा ठुलो सँख्यामा पदाधिकारी मलेसिया आएपछि युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।

विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबिचको दुबै खेल बहराइनमै खेलाईने भएकाे छ । नियम अनुसार, नेपालले एउटा खेल आफ्नो घरेलु मैदानमा खेल्नु पर्ने हुन्थ्यो । तर, दशरथ रंगशालाको अवस्था सन्तोषजनक नरहेको भन्दै दुबै खेल बहराइनमा खेलाउन लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]