२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

मलेसि`यामा नेपालले आज मलेसि´यासँग मैत्रीपूर्ण खेल खेल्दै ,खेलको प्रत्यक्ष प्रशारण नगरिने

Logo
HeroNepal-tv प्रकाशित शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार साँझ मलेसियासँग मलेसियाकै घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेल नेपाली समय अनुसार, साँझ ७ः४५ बजे सुरु हुनेछ । फिफा विश्वकप छनोट फुटबलको बहराइनविरुद्धको खेलको तयारीका लागि मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागिएको हो । नेपालले बहराइनविरुद्धको विश्वकप छनोट खेल उसैको घरेलु मैदानमा खेल्ने  छ ।

अखिल नेपाल फुटबल संघले दिएकाे जानकारी अनुसार, नेपाल र मलेसियाबिचको मैत्रीपूर्ण खेल बन्द रंगशालामा खेलिने छ । उक्त खेलमा दर्शकलाई प्रवेश दिइने छैन । उक्त मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण पनि गरिने छैन ।

अनौपचारिक अभ्यास खेल खेल्न मलेसिया पुगेको नेपाली टोलीमा खेलाडी र प्रशिक्षकका अतिरिक्त ठूलो सँख्यामा पदाधिकारीहरु पनि छन् । मलेसिया पुगेको नेपाली टोलीमा १० जना पदाधिकारी छन् ।

अनावश्यक रुपमा ठुलो सँख्यामा पदाधिकारी मलेसिया आएपछि युवा तथा खेलकुद मन्त्रालयले एन्फालाई कारवाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।

विश्वकप छनोटअन्तर्गत नेपाल र बहराइनबिचको दुबै खेल बहराइनमै खेलाईने भएकाे छ । नियम अनुसार, नेपालले एउटा खेल आफ्नो घरेलु मैदानमा खेल्नु पर्ने हुन्थ्यो । तर, दशरथ रंगशालाको अवस्था सन्तोषजनक नरहेको भन्दै दुबै खेल बहराइनमा खेलाउन लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]