०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

कुवेतमा कारको ठक्करबाट ३ नेपालीको मृ´त्यु

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ । गत मंगलवार कुवेतको महाबुल्ला क्षेत्रको सी(साइड सडक दुर्घटनामा तीन नेपालीको मृत्‍यु भएको हो । नेपाली दुतावासले गरेको पुष्टी अनुसार कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै…

कुवेतमा सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ । गत मंगलवार कुवेतको महाबुल्ला क्षेत्रको सी(साइड सडक दुर्घटनामा तीन नेपालीको मृत्‍यु भएको हो ।

नेपाली दुतावासले गरेको पुष्टी अनुसार कारले ठक्कर दिँदा ३ जनाको घटनास्थलमै भएको थियो । उनीहरु एकै कम्पनीमा कार्यरत थिए । दुर्घटनामा परी लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कठायत (सानो भर्याङ्ग) नागार्जून-२ काठमाडौंका सुजन कार्की र वेंगादवार-३ धनुषाका धिरज गुर्मछान मगर मृत्यु भएको हो ।

कुवेतकै हवालीमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथी सुरतलाई भेट्न गएका थिए ।

अरब टाइम्सले भने महाबुल्ला क्षेत्रको सडक दुर्घटनामा दुई जना नेपाली नागरिक र अर्का एक अपरिचित व्यक्तिको मृत्यु भएको जनाएको छ । एउटा शवको सुरुमा पहिचान नखुले पनि पछि कम्पनीसँग सम्पर्क गर्दा उनी पनि नेपाली नै रहेको पुष्टि भएको हो ।

साथै शवलाई फरेन्सिक जाँचका लागि पठाइएको र कार चालक कुवेतका नागरिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको समाचारमा उल्लेख छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]