२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

गौरीगंगा गोल्डकपकाे उपाधि स्टार सिटी क्लब धनगढीलाई

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

धनगढीः स्टार सिटी क्लब धनगढीले गौरीगंगा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेकाे छ।

आज भएको फाईनल खेलमा फारवेष्ट पशुपति युथ क्लबलाई ५–० गोल अन्तरले हराउँदै स्टार सिटी युवा क्बल प्रतियोगिताको च्याम्पियन बनेको हो। गत संस्करणको उपविजेतता स्टार सिटीले यस पटक उपाधि जित्न सफल भएको हो। उपाधि सहित स्टार सिटीले ६ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको फार वेस्टले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ।

फाइनल खेलमा कमल देउवा नायक बनेपछि स्टार सिटीले सहजै उपाधि जितेको हो। उनले फाइनल खेलमा चार गोल गरे। खेलको आठौं मिनेटमा पहिलो गोल गरेका उनले २० औं मिनेटमा दोस्रो र पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक पुरा गरेका थिए। कमलले ६२ औं मिनेटमा ब्यक्तिगत चौथों गोल पुरा गरेका थिए। खेलको ७९ औं मिनेटमा भुपेन्द्र शाहीले गोल गर्दै स्टार सिटीलाई सहज जित दिलाए। फाईनल खेलमा चार गोल गरेका कमल प्लेयर अफ द म्याच घोषित भए।

स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे। विधागततर्फ फारवेष्टका अमानत शेख उत्कृष्ट गोलकिपर, स्टार सिटीका नरेन्द्र चौधरी उत्कृष्ट डिफेन्डर, स्टार सिटीका कमल देउवा उत्कृष्ट फरवार्ड, स्टार सिटीका अभिनाष थापा उत्कृष्ट मिडफिल्डर घोषित भए। स्टार सिटीका कुबेर सिंह प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी चुनिए। उनले ५० हजार रुपैयाँ प्राप्त गरे।

गौरीगंगा ११ का निराजन धामी उदयमान खेलाडी घोषित भए। विधागततर्फका उत्कृष्टले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको चौथों संस्करण सफलतापूर्वक सम्पन्न गरेको आयोजक गौरीगंगा ११ क्लबका अध्यक्ष दिनेश कलेलले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]