२३ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

गृहमन्त्रीमाथि कांग्रेसकाे प्रश्न, माग्यो प्रधानमन्त्रीको जवाफ

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

काठमाडौँ । आज संसदमा नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका गृहमन्त्री रवि लामिछाने र सहकारी पीडितका समस्याबारे प्रधानमन्त्रीबाट जवाफ माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले पछिल्लो पटक प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका सदस्यलाई सुम्पेपछि प्रधानमन्त्रीप्रतिको झिनो आशा धुजा धुजा भएको बताए ।

साथै उनले बुधवारको बैठकमा कांग्रेस सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफमा नेक्लिजेन्सी भएकाले कांग्रेस चिन्तित भएको बताएका छन । ‘यस परिस्थितिमा अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशङ्का बढाएको छ’, पाण्डेले भने, ‘गृहमन्त्रीले अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?’

गृहमन्त्रीलाई शिखण्डी बनाएर गठबन्धन दलले अर्बौँ ठगी गर्नेहरूलाई (ठुला माछा) उम्काउने प्रयास त भइरहेको छैन भन्दै पाण्डेले प्रश्न गरे । उनले सरकारले आफूहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ नदिए कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]