०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

गृहमन्त्रीमाथि कांग्रेसकाे प्रश्न, माग्यो प्रधानमन्त्रीको जवाफ

Logo
HeroNepal-tv प्रकाशित बिहिबार, चैत्र ०१, २०८०

काठमाडौँ । आज संसदमा नेपाली कांग्रेसले सहकारी विवादमा मुछिएका गृहमन्त्री रवि लामिछाने र सहकारी पीडितका समस्याबारे प्रधानमन्त्रीबाट जवाफ माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले पछिल्लो पटक प्रधानमन्त्रीले पुनर्गठन गरेको मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरामा रहेका सदस्यलाई सुम्पेपछि प्रधानमन्त्रीप्रतिको झिनो आशा धुजा धुजा भएको बताए ।

साथै उनले बुधवारको बैठकमा कांग्रेस सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफमा नेक्लिजेन्सी भएकाले कांग्रेस चिन्तित भएको बताएका छन । ‘यस परिस्थितिमा अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशङ्का बढाएको छ’, पाण्डेले भने, ‘गृहमन्त्रीले अन्य दोषीलाई कसरी कानुनी कारबाहीको दायरामा ल्याउनुहुन्छ ?’

गृहमन्त्रीलाई शिखण्डी बनाएर गठबन्धन दलले अर्बौँ ठगी गर्नेहरूलाई (ठुला माछा) उम्काउने प्रयास त भइरहेको छैन भन्दै पाण्डेले प्रश्न गरे । उनले सरकारले आफूहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ नदिए कठोर रूपमा प्रस्तुत हुन बाध्य हुने चेतावनी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]