२२ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

प्रेस काउन्सिल नेपाल द्वारा बुधबार अनलाइन मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण ३०, २०८०

काठमाडौँ । प्रेस काउन्सिल नेपाले आज बुधबारकादिन आचारसंहिता अभिमुखिकरण कार्यक्रम आफ्नै हलमा सम्मपन्न गरेकाे छ ।

प्रेस काउन्सिल नेपाले बुधबार हिराेनेपाल टिभी लगाएत ३५ वटा नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक/सम्पादकका लागि  अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

३५ वटा अनलाइनका सञ्चालक/सम्पादकको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो । कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिँदै सहप्रशासकीय अधिकृत बोहराले काउन्सिलले उजुरी र स्वअनुगमनका आधारमा सञ्चार माध्यमका सामग्रीमाथि अनुगमन गरिरहेको बताउनुभयो ।

काउन्सिलले २०७८ चैतदेखि नयाँ सूचीकरण हुने अनलाइनका सञ्चालक/सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ । हालसम्म ११ सय बढी अनलाइनका २ हजार बढी सञ्चालक/सम्पादकले यस्तो कक्षा लिएका छन् । पछिल्लो समय युट्युबमार्फत् भ्रमपूर्ण अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने र समाचार हुबहु सार्ने (कपि एण्ड पेस्ट) समस्या बढेपछि काउन्सिलले सुक्ष्म अनुगमनलाई पनि तीव्र बनाएको छ ।

कार्यक्रममा बाेल्दै  नेपाल पत्रकार महासङ्घका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचारसामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक/सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पुरीले आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । पत्रकारले बदनियतपूर्वक लेख्ने वा अन्य कुनै काम गरे त्यस्ता कामले देशकै बदनाम हुने उहाँको चिन्ता थियो ।अभिमुखीकरण कक्षामा महासचिव पुरीले पत्रकार आचारसंहिताका बुँदाबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकारले आफ्नो धर्म बिर्सन नहुने बताउनुभयो । सत्य र सन्तुलित समाचार दिनु पत्रकारको मुख्य धर्म भएको उहाँको भनाइ थियो । पत्रकार आचारसंहितासँग जोडिएका विभिन्न निर्देशिकाका प्रावधानबारे प्रष्ट पार्दै उहाँले पत्रकारिताको मर्मअनुसार नचले त्यो पत्रकार भइरहन नसक्ने बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पदबाट राजीनामा घोषणा गरेकी छन्। उनले आज सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा सार्वजनिक गरेकी हुन्। श्रेष्ठले हेटौडामा भइरहेको सडक विस्तारमा बल प्रयोग भएको भन्दै त्यसको विरोधस्वरूप पद छाडेको उल्लेख गरेकी छन्। सरकारी पक्षले मानव अधिकारविपरीत काम गरेको आरोप समेत उनले लगाएकी छन्। सामाजिक सञ्जालमा उनले लेखेकी […]

काठमाडौँ । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई महत्वपूर्ण खेल हुँदैछन्। पहिलो खेल — सुदूरपश्चिम रोयल्स बनाम विराटनगर किङ्ग्स (बिहान ११:१५ बजे) पहिलो क्वालिफायर सुरक्षित गरिसकेको सुदूरपश्चिम रोयल्सले आजको खेल दबाबविनै खेल्नेछ। अपराजित सुदूरपश्चिमले ६ खेलबाट १२ अंक जोडेर तालिकाको शीर्षस्थानसमेत पक्का गरिसकेको छ। तर विराटनगर […]

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर प्रधानमन्त्री सुशीला कार्कीको पहलमा बसेको उच्चस्तरीय बहुपक्षीय बैठकमा सरकार, सुरक्षा निकाय र निर्वाचन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तयारीबारे ब्रिफिङ गरेका छन्। तर, केही दलका नेताहरू भने सुरक्षा अवस्था र प्रवासी नेपालीको मतदान तयारीबारे पूर्ण रूपमा आश्वस्त नभएको बताएका छन्। उच्चस्तरीय बैठक : चुनौती र तयारीको समिक्षा प्रधानमन्त्री, गृहमन्त्री, […]