०७ आश्विन २०८३, बुधबार
23-09-2026 , Wed
×

प्रेस काउन्सिल नेपाल द्वारा बुधबार अनलाइन मिडिया अभिमुखीकरण कार्यक्रम सम्पन्न

Logo
HeroNepal-tv प्रकाशित बुधबार, फाल्गुण ३०, २०८०

काठमाडौँ । प्रेस काउन्सिल नेपाले आज बुधबारकादिन आचारसंहिता अभिमुखिकरण कार्यक्रम आफ्नै हलमा सम्मपन्न गरेकाे छ ।

प्रेस काउन्सिल नेपाले बुधबार हिराेनेपाल टिभी लगाएत ३५ वटा नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक/सम्पादकका लागि  अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाे हाे ।

३५ वटा अनलाइनका सञ्चालक/सम्पादकको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो । कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिँदै सहप्रशासकीय अधिकृत बोहराले काउन्सिलले उजुरी र स्वअनुगमनका आधारमा सञ्चार माध्यमका सामग्रीमाथि अनुगमन गरिरहेको बताउनुभयो ।

काउन्सिलले २०७८ चैतदेखि नयाँ सूचीकरण हुने अनलाइनका सञ्चालक/सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ । हालसम्म ११ सय बढी अनलाइनका २ हजार बढी सञ्चालक/सम्पादकले यस्तो कक्षा लिएका छन् । पछिल्लो समय युट्युबमार्फत् भ्रमपूर्ण अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने र समाचार हुबहु सार्ने (कपि एण्ड पेस्ट) समस्या बढेपछि काउन्सिलले सुक्ष्म अनुगमनलाई पनि तीव्र बनाएको छ ।

कार्यक्रममा बाेल्दै  नेपाल पत्रकार महासङ्घका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचारसामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक/सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पुरीले आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । पत्रकारले बदनियतपूर्वक लेख्ने वा अन्य कुनै काम गरे त्यस्ता कामले देशकै बदनाम हुने उहाँको चिन्ता थियो ।अभिमुखीकरण कक्षामा महासचिव पुरीले पत्रकार आचारसंहिताका बुँदाबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकारले आफ्नो धर्म बिर्सन नहुने बताउनुभयो । सत्य र सन्तुलित समाचार दिनु पत्रकारको मुख्य धर्म भएको उहाँको भनाइ थियो । पत्रकार आचारसंहितासँग जोडिएका विभिन्न निर्देशिकाका प्रावधानबारे प्रष्ट पार्दै उहाँले पत्रकारिताको मर्मअनुसार नचले त्यो पत्रकार भइरहन नसक्ने बताउनुभयो ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहोर, मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति जोहोर, मलेसियाले नेपालमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि रु. २ लाख १३ हजार ७७२ आर्थिक सहयोग गरेको छ। रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढीपहिरोका कारण ठूलो धनजनको क्षति हुनुका साथै मानवीय क्षतिसमेत भएको दुःखद् परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए क्षेत्रीय समिति जोहोरले तीज […]

क्वालालम्पुर, मलेसिया -किरात राई यायोक्खा मलेसियाद्वारा आयोजित तेस्रो राष्ट्रिय अधिवेशन–२०२६ आइतबार मलेसियाको क्वालालम्पुरस्थित हिमालयन होटलको सभा हलमा भव्यताका साथ सम्पन्न भएको छ। नेपाली आदिवासी जनजाति महासंघ (ने.आ.ज. महासंघ) मलेसियाका अध्यक्ष पदम लिम्बू राजको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मलेसियामा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी, व्यवसायी, कलाकार, राजनीतिक तथा सामाजिक क्षेत्रका अग्रज व्यक्तित्वलगायत मलेसियाका विभिन्न स्थानबाट आएका […]

जोहोरबारु, मलेसिया । मलेसियाको जोहोरबारुमा आयोजित दोस्रो मकालु गोल्डकप–२०२६ को उपाधि आयोजक मकालु फुटबल क्लब (मकालु एफसी) जोहोरले जितेको छ। रोमाञ्चक फाइनलमा साविक विजेता हिमालयन एफसी क्वालालम्पुरलाई १–० गोलअन्तरले पराजित गर्दै मकालु एफसीले घरेलु मैदानमा उपाधि उचालेको हो। जोहोरबारुको केम्पा अवाना रंगशालामा अगस्ट ३१ मा भएको फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा […]